Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

१५ करोडको कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
१५ करोडको कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। तीन किलो लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। दुई दिनअघि प्रहरीले ठमेलको एक होटलबाट कोरियाली र भारतीय नागरिकलाई कोकिनसहित पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार पक्राउ पर्नेमा ८७ वर्षीय कोरियाली नागरिक सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तेम वागमारे रहेका छन्। उनीहरुलाई काठमाडौँ-१७ ठमेलस्थित जीपीरोडको एक होटलबाट पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मील बताए। लागुऔषध कारोबारको सूचना पछ्याउँदै जाँदा कोरियाली नागरिकले ल्याएको ह्याण्डब्गागभित्र फल्स बटम बनाएर राखिएको तीन किलो कोकिन फेला परेको रेग्मीले बताए। यसक्रममा उक्त लागुऔषध लिन भारतबाट नेपाल आएका भारतीयलाई समेत पक्राउ गरिएको उनले बताए। बरामद लागुऔषधको अन्दाजी बजार मूल्य १५ करोड रुपैयाँ रहेको छ। प्रहरी उपरीक्षक रेग्मीका अनुसार कोरियाली नागरिकले कोकिन पेरुबाट काठमाडौँ ल्याउने र भारतीय नागरिकले उक्त कोकिन मुम्बई पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ। ती कोरियाली नागरिक २६ नोभेम्बरमा पेरुबाट स्पेनको मड्रिड र कतारको दोहा हुँदै काठमाडौँ आइपुगेको देखिएको छ। भारतीय नागरिकको साथबाट स्टेट रिजर्भ पुलिस फोर्स मुम्बई प्रहरीको आईडी कार्ड फेला परेको छ। दुबैलाई पक्राउपछि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पर्वतको प्रसिद्ध जलजला र हम्पाल लेक जोड्ने सडक सुचारु
Latest NewsJust now

पर्वतको प्रसिद्ध जलजला र हम्पाल लेक जोड्ने सडक सुचारु

साजन परियारपर्वत, मंसिर १३ गते । पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र कालञ्जर र हम्पाल लेक जोड्ने सडक सुचारु भएको छ । वर्षायामको बाढी पहिरोका कारण गत असारदेखि अवरुद्ध... ...

गोरखापत्र
तामाकोसी पाँचौंको भौतिक प्रगति ३० प्रतिशत, ६ स्थानबाट मुख्य सुरुङ खनिँदै
Latest NewsJust now

तामाकोसी पाँचौंको भौतिक प्रगति ३० प्रतिशत, ६ स्थानबाट मुख्य सुरुङ खनिँदै

माथिल्लो तामाकोसीको क्यास्केट आयोजना अर्न्तगत बनिरहेको ९९ दशमल ८ मेगावाटको तामाकोसी पाँचौंको ८ हजार ८५ सय मिटर मुख्य सुरुङमध्ये २६ सय ३५ मिटर खनिएको छ । ...

कान्तिपुर
बाघले आक्रमण गर्न खोजेपछि सेनाको हवाई फायर, एक जना घाइते
Latest NewsJust now

बाघले आक्रमण गर्न खोजेपछि सेनाको हवाई फायर, एक जना घाइते

झाडीमा बाघ देखिएपछि तीनवटा हात्तीसहित करिब १८–२० जनाको टोली बाघ धपाउन खटिएको थियो । हात्तीमाथि नै बाघले आक्रमण गर्न खोजेपछि नेपाली सेनाले हवाई फायर गरेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement