हुन्डाई नेपालद्वारा एनपीएल सिजन–३ का लागि लुम्बिनी लायन्ससँग साझेदारी

काठमाडौं । हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो सिजनका लागि डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग “ड्रिभन बाइ हुन्डाई” साझेदारी गरेको छ । यो सहकार्यले नेपालको एक अग्रणी अटोमोबाइल ब्रान्ड र एनपीएलका वर्तमान च्याम्पियनलाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ । लुम्बिनी लायन्सले दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि जितेको थियो । टोलीले आफ्नो उपाधि रक्षा गर्ने तयारी गरिरहँदा, हुन्डाई नेपालले अर्को प्रतिस्पर्धात्मक सिजनका लागि लायन्सलाई आफ्नो समर्थन विस्तार गरेको छ ।यस साझेदारीमार्फत हुन्डाईले खेललाई अगाडि बढाउने जुझारुपन, टिमवर्क र जितको भावनाको उत्सव मनाउँदै नेपालको बढ्दो क्रिकेट समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ । “ड्रिभन बाइ हुन्डाई” लाई यस सहकार्यको मुख्य मर्मका रूपमा राख्दै, यो साझेदारीले खेलकुदलाई सहयोग गर्ने र देशमा रहेका खेल प्रतिभाहरूलाई प्रोत्साहन गर्ने हुन्डाई नेपालको प्रतिबद्धतालाई दर्शाउने कम्पनीले जनाएको छ । The post हुन्डाई नेपालद्वारा एनपीएल सिजन–३ का लागि लुम्बिनी लायन्ससँग साझेदारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नेपालमा ३९७ हिउँचितुवा, बासस्थानमा चुनौती
काठमाडौं।दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ। ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिमचितुवाको संरक्षण’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ। नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भूटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ। कृषि, वन तथा पर्यावरण ...

वर्षापछि अवरुद्ध बेँसीसहर-चामे सडक पुनः सञ्चालन
मनाङ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो । दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो । सडकखण्डको ...

प्रविधि, नैतिकता र मानवीय रूपान्तरणको यात्रा(अनुभूति)
आज म आफ्नै अन्तरात्माको कठघरामा उभिएर एउटा असहज प्रश्न गरिरहेको छु—मानिसले विकास गरेको हो कि विकासका नाममा मानिस स्वयं... ...

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्मूल्याङ्कन, पुनःस्थापना र पुनर्निर्माणका लागि सो रकम उपयोग गरिनेछ। ...


