Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

‘हिमाली वनस्पति र च्याउको दिगो उपयोगमा क्षेत्रीय सहकार्य आवश्यक’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘हिमाली वनस्पति र च्याउको दिगो उपयोगमा क्षेत्रीय सहकार्य आवश्यक’
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन्। ‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा उनले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गरिन्। मन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धि सुनिश्चित गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य आवश्यक रहेको बताइन्। हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधता जोगाउन र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्‍याइरहेको उनको भनाइ थियो। जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै उनले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताइन्। उनले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताइन्। हिमाली मुलुकले यी चुनौती एक्लाएक्लै समाधान गर्न नसक्ने भएकाले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। “हिमालयले हामीलाई जोडेको छ, हाम्रा नीति र साझेदारीहरूले पनि त्यो जोडाइलाई प्रतिबिम्बित गर्नुपर्छ”, उनले भनिन्। कार्यक्रममा भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय सङ्घसंस्था, बेलायतको अन्तर्राष्ट्रिय विकास, एन्साब, विकास साझेदार, प्राज्ञिक क्षेत्र, विज्ञ, सामुदायिक अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?
Latest NewsJust now

भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल नलिइने बताएका छन् । उनले उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै […] ...

लोकपथ
नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण
Latest NewsJust now

नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमुह १.२४ प्रतिशतले बढेको छ । सोमबार नेप्सेमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको ...

टक्सार
कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग
Latest NewsJust now

कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिने गरी चलचित्र निर्माण हुन नदिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा,... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपालको व्यापार, पारवहन र लगानीका क्षेत्रमा बलियो जग बसालेको भन्दै स्वागत गरेको छ। संघका अध्यक्ष अनिल कुमार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement