Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ। बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका छन्। माथिल्लो क्षेत्रमा हिमपात बाक्लो भएपछि पूर्ण रूपमा पदयात्रा नजान सूचना जारी भएपछि पर्यटक मनाङमा रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार यहाँका पर्यटकका साथै जनजीवन कष्टकर बनेको छ । माथिल्लो मनाङमा बाक्लो हिउँ परेपछि यहाँको भ्रमणमा आएका पर्यटक मनाङमा नै रहेका प्रमुख भुजेलले बताए। उनले भने, ‘करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन् । हिउँ बाक्लो परेकाले मौसम सुधार हुँदै गए पनि हिँड्नसक्ने अवस्था रहेको छैन ।’ जोखिम मोलेर केही पर्यटक भने यात्रा निस्कन खोजिरहेका उनले बताए। मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसमी प्रणालीको पूर्वानुमानअनुसार चक्रवातको प्रभावले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन पर्यटकलाई आग्रह गरेअनुरूप मनाङमा आएका पर्यटकलाई सुरक्षित रहन आग्रह गरेका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए । ‘मौसममा केही सुधार आएको छ । तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘हिउँ बाक्लो छ । पदयात्रामा जाने पदमार्गको सबै नक्सा नै छोपिएकाले जोखिम कायमै नै छ ।’ सुरक्षित स्थानमा बस्न र जोखिममा यात्रा नगर्न भने होटल व्यवसायीलाई जानकारी दिनु अनुरोध गरेको उनले बताए। बिहीबार साँझदेखि हल्का हिमपात भएको थियो भने शुक्रबार र शनिबार बिहानसम्म भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
ताजा खबरJust now

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

रातोपाटी
स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
ताजा खबरJust now

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

रातोपाटी
लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
ताजा खबरJust now

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

रातोपाटी
लिड्समाथि बर्नमाउथको सहज जित
ताजा खबरJust now

लिड्समाथि बर्नमाउथको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play