हिटलरको ऐतिहासिक विश्रामस्थल ‘इगल्स नेस्ट’मा भीषण आगलागी

काठमाडौं । जर्मनीको बाभारिया राज्यस्थित ‘केहलस्टाइनहाउस’मा शुक्रबार साँझ भीषण आगलागी भएको छ । सन् १९३८ मा नाजी अधिकारीहरूका लागि अतिथिगृहका रूपमा निर्माण गरिएको यो भवन ‘इगल्स नेस्ट’ नामले परिचित यो ऐतिहासिक भवनलाई एडोल्फ हिटलर र नाजी अधिकारीहरूले विश्रामस्थलका रूपमा प्रयोग गर्ने गरेका थिए । आगलागीपछि भवन आगोको ज्वालाले घेरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकमा एकजनालाई पक्राउ गरिएको छ भने घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको छ । बर्चेसगाडेनको ओबरसाल्जबर्गस्थित केहलस्टाइनहाउसमा स्थानीय समयअनुसार शुक्रबार राति ९:१५ बजे आगलागीको सूचना दिने अलार्म बजेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । सूचना पाएलगत्तै घटनास्थलतर्फ गएका दमकलकर्मीहरूले नजिक पुग्दा आगोका ठूला ज्वाला उठिरहेको थियो । समुद्री सतहबाट करिब एक हजार ८३४ मिटर उचाइमा रहेको भवनसम्म दमकलका गाडी पुर्याउन कठिनाइ भइरहेको बताइएको छ । यो भवन दोस्रो विश्वयुद्धका क्रममा भएका बमबारीबाट जोगिएको यस भवनलाई अहिले ऐतिहासिक स्थलका रूपमा संरक्षण गरिएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



