हायसको ठक्करबाट शिक्षकको मृत्यु भएपछि कटारीमा सडक अवरुद्ध

उदयपुर । हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्। उदयपुरको कटारी नगरपालिका–५, भोर्लेमा भएको दुर्घटनामा शिक्षक श्रेष्ठको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौंसहित पूर्वतर्फ जाने यात्रुहरू प्रभावित भएका छन्। प्रदर्शनकारीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्। स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि राजमार्गमा यातायात आवागमन प्रभावित भएको छ। प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५, भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ घाइते भएका थिए। घाइते श्रेष्ठलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्थानीय मधु धमलाका अनुसार घर फर्किँदै गरेका शिक्षक श्रेष्ठ सवार मोटरसाइकललाई हायस गाडीले ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले दुर्घटनामा संलग्न हायस चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

गाउँदेखि सहरसम्म रौनक
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...


