Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हामी संघीयता विरोधी होइनौँ, संरचनालाई चुस्त र प्रभावकारी बनाउन चाहन्छौँ : मनिष झा

हामी संघीयता विरोधी होइनौँ, संरचनालाई चुस्त र प्रभावकारी बनाउन चाहन्छौँ : मनिष झा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हामी संघीयता विरोधी होइनौँ, संरचनालाई चुस्त र प्रभावकारी बनाउन चाहन्छौँ : मनिष झा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने पक्षमा रहेको बताउनुभएको छ। जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणामार्फत संघीयतालाई अझ व्यवस्थित र सुदृढ बनाउनुपर्ने धारणा राख्नुभएको हो। उहाँले मधेसमा गत निर्वाचनमा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गर्नुभयो। ‘हामी संघीयताको विरोधी होइनौँ, बरु संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ। हामी प्रदेशसभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ,’ उहाँले भन्नुभयो। सांसद झाले पार्टीभित्र आपसी विवाद गर्ने र एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्तिले राजनीतिक लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। ‘हामी एकजुट हुन आवश्यक छ। आफ्नै–आफ्नैबीच झगडा गर्न थालियो र एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने हामी कहीँ पुग्न सक्दैनौँ,’ उहाँले भन्नुभयो। उहाँले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। मधेशी समुदायबीच आपसी विवाद तथा आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै झाले सहकार्य, एकता र वैचारिक स्पष्टताका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते
ताजा खबरJust now

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका ...

केन्द्रबिन्दु
देशभर १३ विपद्का घटना, एकको मृत्यु,  ८ जना घाइते
ताजा खबरJust now

देशभर १३ विपद्का घटना, एकको मृत्यु, ८ जना घाइते

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।... ...

रातोपाटी
त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
ताजा खबरJust now

त्रिभुवन आदर्श क्याम्पसमा संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राखिने

• स्याङ्जा स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसले संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा राख्ने निर्णय गरेको छ। • ११ सदस्यीय निर्माण समिति गठन गरिएको छ, जसको अध्यक्ष अधिवक्ता तुलसी गिरी हुन्। • शिक्षाविद् लोकराज शर्माको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। ...

नेपालबहस
एनपीएल खेल्दै यी भेट्रान खेलाडी, जसका खेल हुनेछन् जादुमयी
ताजा खबरJust now

एनपीएल खेल्दै यी भेट्रान खेलाडी, जसका खेल हुनेछन् जादुमयी

काठमाडौं– यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार साँझ सुरु हुँदैछ । यस सिजनमा आफ्नो खेल देखाउन संसारभरिका धेरै स्टार नेपाल आइपुगेका छन् । यस पटकको चर्चा कुल ६ जना भेट्रान खेलाडी नेपाल आएका छन्, जो यस सिजनको एनपीएलमा छाउन सक्छन् । नेपाली खेलाडीमध्ये सबैभन्दा पाका खेलाडी सम्भवतः विनोद भण्डारी हुन् । विनोद भण्डारीले सुदूरपश्चिमका लागि खेल्ने गर्छन् । सन् २००९ मा ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play