हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’

काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखलालाई ‘द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरेका थिए भने त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आएका थिए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ भने काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको ट्रेलरबाट बुझ्न सकिन्छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ । बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । यस फिल्मले नेपाली बक्स अफिसमा असोज ३० गतेदेखि प्रदर्शनमा आएको अ बाट आमा- २ र असोज ३१ गतेदेखि प्रदर्शनमा आएको छ माया छपक्कै- २ सँग प्रतिष्पर्धा गर्ने भएको छ । The post हलमा लाग्यो बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् ।... ...

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा ...

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने ...


