हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले सडक खुलाउन समय लागेको बताए । “दसैँको समयमा आवत–जावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ”, उनले भने, “दसैँको चहलपहल सकिएपछि पहिलोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दाे एवं जोखिमरहित सडक निर्माण गर्ने योजना छ ।” कूल २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकखण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसैं मनाउन जन्मथलो जाने र कार्यक्षेत्रमा फर्कनेलाई समस्या परेको अवस्थामा तत्कालका लागि सडक सञ्चालनमा ल्याइएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मधेसमा भाषा ऐन जारी गर्न उच्च अदालतको निर्देशनात्मक आदेश
आदेशमा भाषिक न्याय तथा समावेशी शासनका सिद्धान्तलाई पनि महत्त्व दिइएको छ। ...

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो। ...

दसैँ गीतका जन्मकथा
दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने ...

हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार
चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । ...


