हनुमानढोकामा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ । जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहिआएको छ । कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए । कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
.jpg)
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...


