Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/स्वर्णिम वाग्लेलाई प्रदीप ज्ञवालीकाे जवाफ : नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग थिएन

स्वर्णिम वाग्लेलाई प्रदीप ज्ञवालीकाे जवाफ : नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग थिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वर्णिम वाग्लेलाई प्रदीप ज्ञवालीकाे जवाफ : नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग थिएन

काठमाडौं, कात्तिक ९ । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिनुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ । उहाँले नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर व्याख्या गर्नु नेपालको स्वाभिमान र राष्ट्रिय हितमा आँच पुर्‍याउने विषय भएको टिप्पणी गर्नुभएको छ ।

अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको बताउनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । “अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिनुभएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्‍याउने खालको छ,” ज्ञवालीले लेख्नुभएको छ ।

उहाँले विदेशी भूमिमा पुगेर आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे टिप्पणी गर्नु सरकारी पदाधिकारीका लागि उपयुक्त नहुने बताउनुभएको छ । नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर प्रस्तुत गर्नु नै गलत भएको उहाँको तर्क छ । “नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,” ज्ञवालीले स्पष्ट पार्नुभएको छ ।

कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको भावनाका रूपमा व्याख्या गर्न नमिल्ने उल्लेख गर्दै उहाँले अर्थमन्त्री वाग्लेलाई प्रश्न गर्नुभएको छ, “अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?”

नेता ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध घनिष्ठ भए पनि दुई देशबीच समाधान हुन बाँकी रहेका विभिन्न समस्या रहेको औँल्याउनुभएको छ । उहाँले सीमा विवाद, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउन भोग्नुपर्ने झन्झट, बढ्दो व्यापार घाटा र सीमावर्ती क्षेत्रमा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूभागमा हुने डुबानजस्ता विषय उठाउनुभएको छ ।

त्यसैगरी, नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा भइरहेको ढिलाइप्रति पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ । यी विषयलाई बेवास्ता गरेर दुई देशबीचको सम्बन्ध बलियो हुन नसक्ने उहाँको भनाइ छ । “घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,” ज्ञवालीले लेख्नुभएको छ ।

नेपाल–भारत सम्बन्धमा रहेका समस्या र असहमतिका विषय उठाउनु कुनै देशविशेषको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित प्रश्न भएको उहाँले स्पष्ट पार्नुभएको छ । “यी विषयहरू उठाउनु कुनै देशविशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो,” उहाँले उल्लेख गर्नुभएको छ ।

ज्ञवालीले राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको स्मरण गराउँदै नेपाल–भारत सम्बन्धका जटिल विषय समाधान गर्न बलियो राष्ट्रिय एकता र साझा सहमति आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार राष्ट्रिय सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल अघि बढाउनु नै समस्याको समाधान गर्ने उपयुक्त बाटो हो ।

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लक्षित गर्दै ज्ञवालीले यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले देशको हित र स्वाभिमानको रक्षा गर्न नसक्ने टिप्पणी गर्नुभएको छ । “यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्‍याउँछ,” उहाँले लेख्नुभएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, समान सार्वभौमिकता र साझा हितका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै ज्ञवालीले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा स्पष्ट अडान राख्नु सरकारको जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

सबैलाई मिलाएर लाने जिम्मेवारी काँधमा आएको छ –  सभापति थापा
राजनीतिJust now

सबैलाई मिलाएर लाने जिम्मेवारी काँधमा आएको छ – सभापति थापा

अर्जुन काफ्लेस्याङ्जा, कात्तिक ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु नेतृत्वमा कर्म गर्न आएको बताउनुभएको छ ।पुतलीबजार नगरपालिका –१ मा रहेका जिल्ला पार्टी कार्यालयमा... ...

गोरखापत्र
एनपिएलको तेस्रो संस्करणलाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्
राजनीतिJust now

एनपिएलको तेस्रो संस्करणलाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्

नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।  सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् ।  उनले नेपाली क्रिकेट आजको अवस्थासम्म ...

फरकधार
लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे
राजनीतिJust now

लोहनी, थापा र पाण्डे पर्सादेखि झापासम्मको भ्रमणमा, राप्रपामा महाधिवेशनको तयारीमा जुटे

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्। आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्। पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, […] ...

काठमाण्डुपाटी
कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो
राजनीतिJust now

कानुन मन्त्री गौतम भन्छिन्- एनपिएल एकताको सुन्दर सङ्गम हो

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताएकी छिन् । प्रतियोगिताअघि मन्त्री गौतमले नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउँदै एनपिएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर सङ्गम रहेको जिकिर गरिन् ।  “आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play