स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो । गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो । काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए । वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो । पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
यस निर्णयसँगै नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई थप प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ। ...

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
जनकपुरधाम । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष... ...

आजदेखि ८ दिनसम्म काठमाडौँका यी स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न आज कात्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा अर्थात् बिहान १०:३० बजे देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सार्वजनिक सूचनाअनुसार आज शुक्रबार बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भि... ...

इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?
काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ । कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक ...


