Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/स्पोटीफाईले सुरु गर्‍यो पोडकास्ट सदस्यता सेवा, सर्जकले आम्दानीको ९० प्रतिशत पाउने

स्पोटीफाईले सुरु गर्‍यो पोडकास्ट सदस्यता सेवा, सर्जकले आम्दानीको ९० प्रतिशत पाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पोटीफाईले सुरु गर्‍यो पोडकास्ट सदस्यता सेवा, सर्जकले आम्दानीको ९० प्रतिशत पाउने

स्पोटीफाईले ‘मेम्बरसिप्स’ नामक नयाँ सुविधा चरणबद्ध रूपमा सुरु गरेको छ। यस सुविधामार्फत पोडकास्ट सर्जकहरूले मासिक शुल्क लिएर विशेष सामग्री उपलब्ध गराउन सक्नेछन्। यो सुविधा ३४ वटा बजारमा उपलब्ध गराइँदै छ। यसले सन् २०२१ मा सुरु गरिएको स्पोटीफाईको पोडकास्ट सदस्यता प्रणालीलाई प्रतिस्थापन गर्नेछ। यस सेवामार्फत सर्जकहरूले शुल्क तिर्ने सदस्यलाई के-कस्ता सुविधा दिने भन्ने निर्णय आफैँ गर्न सक्नेछन्। यसमा विशेष अडियो वा भिडियो एपिसोड, अतिरिक्त सामग्री, कम विज्ञापन, नयाँ एपिसोडमा अग्रिम पहुँच वा पोडकास्टका सबै पुराना एपिसोड सुन्न पाउने सुविधालगायत समावेश हुन सक्छन्। टेलिग्राफका अनुसार सर्जकहरूले आम्दानीका लागि बढीमा तीनवटा सदस्यता तह बनाउन सक्नेछन्। प्रत्येक तहको मूल्य फरक राख्न सकिनेछ। स्पोटीफाईले सदस्यताको मूल्य तोकेको छैन। तर, कम्पनीले सार्वजनिक गरेका उदाहरणमा सात दिनको निःशुल्क परीक्षणसहित मासिक ४.९९ अमेरिकी डलरको सदस्यता पनि समावेश छ। द टेलिग्राफले जनाएको छ। निःशुल्क र प्रिमियम दुवै प्रकारका प्रयोगकर्ताले स्पोटीफाईमा पोडकास्टको पृष्ठबाट सदस्यताका विकल्प हेर्न र एप नछोडी विशेष सामग्री सुन्न सक्नेछन्। तर, भुक्तानी भने एपभित्रबाट नभई वेबसाइटमार्फत गर्नुपर्नेछ। एप्पल र गुगलले लिन सक्ने कमिसनबाट बच्न यस्तो व्यवस्था गरिएको हुन सक्ने अनुमान छ। सदस्यहरूले एपिसोडमा टिप्पणी गर्दा आफ्नो सदस्यता जनाउने विशेष चिह्न देखाउन सक्नेछन्। त्यस्तै, सर्जकहरूले छोटा भिडियोमार्फत नयाँ सदस्यलाई स्वागत गर्न सक्नेछन्। यस सेवाको मुख्य विशेषतामध्ये आम्दानी बाँडफाँट पनि एक हो। सर्जकहरूले सदस्यताबाट हुने आम्दानीको ९० प्रतिशत हिस्सा पाउनेछन्। स्पोटीफाईले यस सुविधालाई विज्ञापन, प्रायोजन र स्पोटीफाई पार्टनर प्रोग्रामसँगै सामग्रीबाट आम्दानी गर्ने अर्को माध्यमका रूपमा अघि बढाउन चाहेको छ। प्लेटफर्मले सर्जकहरूलाई लक्षित प्रचार, निःशुल्क परीक्षण, कुन गतिविधिबाट बढी सदस्य प्राप्त भइरहेका छन् भन्ने बुझ्न विश्लेषणात्मक विवरण र सदस्यहरूको तथ्याङ्क निर्यात गर्ने सुविधा पनि उपलब्ध गराउनेछ। यो तथ्याङ्कमा आफ्नो सम्पर्क विवरण साझा गर्न सहमत भएका श्रोताहरूको जानकारीसमेत हुन सक्छ। यो सेवा प्रयोग गर्न पोडकास्ट स्पोटीफाई फर क्रिएटर्स वा मेगाफोनमार्फत प्रकाशित गरिएको हुनुपर्छ। साथै, त्यसमा कम्तीमा तीनवटा प्रकाशित एपिसोड, १०० जना श्रोता वा दर्शक र पछिल्लो ३० दिनमा स्पोटीफाईमा सामग्री उपभोग गरिएको कम्तीमा १०० घण्टा हुनुपर्नेछ। यो सुविधा प्रयोग गर्ने सुरुवाती पोडकास्टहरूमा ‘द एडम फ्रिडल्यान्ड शो’, ‘मेकिङ सेन्स विथ साम ह्यारिस’, ‘द शोन रायन शो’ र वाईएमएच स्टुडियोको नेटवर्क रहेका छन्। वाईएमएच स्टुडियोले आफ्ना १२ वटा पोडकास्टमा यो सेवा उपलब्ध गराउनेछ। सुरुमा यो सुविधा अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्यानडा, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, आयरल्यान्ड, इटाली, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, सिंगापुर, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकासहित ३४ वटा बजारमा उपलब्ध हुनेछ। The post स्पोटीफाईले सुरु गर्‍यो पोडकास्ट सदस्यता सेवा, सर्जकले आम्दानीको ९० प्रतिशत पाउने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

From Nepal to the Bay: the engineer teaching robots what’s worth watching
प्रविधिJust now

From Nepal to the Bay: the engineer teaching robots what’s worth watching

Divya Pandey left systems engineering to co-found O’WOW, a company betting the future of Physical AI turns on the right data, not more of it. Robots don’t fail for lack of data. They fail because the data they learned from never put them in the situations that matter. A machine can watch a thousand hours of footage and still fumble the ...

टेक्नोलोजी खबर
आफ्ना एआई चिपमा लोकप्रिय कोडिङ भाषा चलाउने सफ्टवेयर ल्याउँदै अमेजन
प्रविधिJust now

आफ्ना एआई चिपमा लोकप्रिय कोडिङ भाषा चलाउने सफ्टवेयर ल्याउँदै अमेजन

अमेजनले आफ्ना एआई चिपमा एआई विकासका लागि प्रयोग हुने लोकप्रिय प्रोग्रामिङ भाषामा लेखिएको कोड कुनै परिवर्तन नगरी चलाउन मिल्ने नयाँ उपकरण ल्याउने भएको छ। यसबाट एआई कम्प्युटिङ बजारमा एनभिडियाको बलियो पकडको आधार बनेको सफ्टवेयर सुविधालाई चुनौती दिने अमेजनको लक्ष्य छ। अमेजनको चिप एकाइ अन्नपूर्ण ल्याब्सका अनुसार ‘टर्चन्युरोन’ नामक उपकरणले विकासकर्तालाई एउटा कन्फिगरेसन परिवर्तन गरेर मात्रै अमेजनका ट्रेनियम एआई चिपमा पाइथर्च भाषामा ...

टेक्नोलोजी खबर
स्टारलिंकको अवरोधका बीच फिनल्याण्डका टेक कम्पनीहरूले युक्रेनलाई आफ्नै स्याटेलाइट प्रणाली निर्माण गर्न सघाउने
प्रविधिJust now

स्टारलिंकको अवरोधका बीच फिनल्याण्डका टेक कम्पनीहरूले युक्रेनलाई आफ्नै स्याटेलाइट प्रणाली निर्माण गर्न सघाउने

फिनल्याण्डका प्राविधिक कम्पनीहरू आईसीआई र नोकियाले अक्टोबर २२ मा युक्रेनको रक्षा मन्त्रालयसँग एक आशय पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताले युक्रेनको आफ्नै स्याटेलाइट सञ्चार प्रणाली विकास गर्ने उद्देश्यसहितको साझेदारीलाई औपचारिक रूप दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोही दिन फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पोको किएभ भ्रमणका क्रममा यस सम्झौताको घोषणा गरेका थिए। उनले यस स्याटेलाइट सम्झौतालाई “हाम्रो रक्षा र युक्रेनको लचिलोपनका लागि महत्त्वपूर्ण” ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play