आफ्ना एआई चिपमा लोकप्रिय कोडिङ भाषा चलाउने सफ्टवेयर ल्याउँदै अमेजन

अमेजनले आफ्ना एआई चिपमा एआई विकासका लागि प्रयोग हुने लोकप्रिय प्रोग्रामिङ भाषामा लेखिएको कोड कुनै परिवर्तन नगरी चलाउन मिल्ने नयाँ उपकरण ल्याउने भएको छ। यसबाट एआई कम्प्युटिङ बजारमा एनभिडियाको बलियो पकडको आधार बनेको सफ्टवेयर सुविधालाई चुनौती दिने अमेजनको लक्ष्य छ। अमेजनको चिप एकाइ अन्नपूर्ण ल्याब्सका अनुसार ‘टर्चन्युरोन’ नामक उपकरणले विकासकर्तालाई एउटा कन्फिगरेसन परिवर्तन गरेर मात्रै अमेजनका ट्रेनियम एआई चिपमा पाइथर्च भाषामा लेखिएको कोड चलाउन दिन्छ। यसका लागि कोड पुनः लेख्नुपर्ने छैन। अमेजनले सिलिकन भ्यालीमा आयोजना हुने विकासकर्ता सम्मेलनमा उक्त सफ्टवेयर घोषणा गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार यो सफ्टवेयर निःशुल्क र खुला स्रोतका रूपमा सार्वजनिक गरिनेछ। रोयटर्सका अनुसार मेटाको व्यवस्थापनमा रहेको खुला स्रोत फ्रेमवर्क पाइथर्च अधिकांश एआई विकासकर्ताले प्रयोग गर्छन्। एनभिडियाले आफ्ना चिपमा पाइथर्च कोड प्रभावकारी रूपमा चलाउन मद्दत गर्ने ‘क्युडा’ नामक सफ्टवेयर विकासमा एक दशकभन्दा बढी समय खर्च गरेको छ। आफ्नै एआई चिप बनाएको अर्को क्लाउड कम्प्युटिङ कम्पनी गुगलले पनि पाइथर्चसम्बन्धी सफ्टवेयर सुविधा सुधार गर्दै विकासकर्तालाई एनभिडियाबाट आफ्नो प्लेटफर्ममा आकर्षित गर्ने प्रयास गरिरहेको छ। अन्नपूर्ण ल्याब्सका सफ्टवेयर उपाध्यक्ष कोलिन ब्रेइसका अनुसार अमेजनले आफ्ना एआई चिप प्रयोग गर्न चाहने विकासकर्ताले पूरा गर्नुपर्ने चरण घटाउने उद्देश्यले नयाँ उपकरण ल्याउन लागेको हो। ‘यो ग्राहकहरू जहाँ छन्, त्यहीँ पुगेर उनीहरूलाई सेवा दिने विषय हो,’ उनले रोयटर्ससँगको अन्तर्वार्तामा भने। ब्रेसका अनुसार रोबोटिक्स, विश्व मोडेल र आवाजसम्बन्धी एआई क्षेत्रमा काम गर्ने ३० भन्दा बढी प्रारम्भिक ग्राहकले नयाँ सफ्टवेयर प्रयोग गरिरहेका छन्। उनले अमेजनका चिपमा सर्दा ग्राहकले लागतमा उल्लेखनीय बचत गर्न सक्ने पनि बताए। The post आफ्ना एआई चिपमा लोकप्रिय कोडिङ भाषा चलाउने सफ्टवेयर ल्याउँदै अमेजन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

स्टारलिंकको अवरोधका बीच फिनल्याण्डका टेक कम्पनीहरूले युक्रेनलाई आफ्नै स्याटेलाइट प्रणाली निर्माण गर्न सघाउने
फिनल्याण्डका प्राविधिक कम्पनीहरू आईसीआई र नोकियाले अक्टोबर २२ मा युक्रेनको रक्षा मन्त्रालयसँग एक आशय पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताले युक्रेनको आफ्नै स्याटेलाइट सञ्चार प्रणाली विकास गर्ने उद्देश्यसहितको साझेदारीलाई औपचारिक रूप दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोही दिन फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पोको किएभ भ्रमणका क्रममा यस सम्झौताको घोषणा गरेका थिए। उनले यस स्याटेलाइट सम्झौतालाई “हाम्रो रक्षा र युक्रेनको लचिलोपनका लागि महत्त्वपूर्ण” ...

लन्डनमा फाइभजीको मागअनुसार सेवा विस्तार गर्न दूरसञ्चार कम्पनीहरूलाई कठिनाइ
बेलायतको राजधानी लन्डनमा फाइभजी क्षमताको विस्तार गर्न कठिनाइ हुँदा मोबाइल इन्टरनेटको औसत डाउनलोड गति यूरोपका अन्य राजधानीको तुलनामा सबैभन्दा कम रहेको छ। बेलायतको आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा रहेको लन्डनले लामो समयदेखि मोबाइल डाटाको उच्च माग धान्न संघर्ष गर्दै आएको छ। फोरजी प्रविधिको अन्तिम चरणमा मोबाइल डाउनलोड र अपलोडको औसत गतिका आधारमा लन्डन लगातार १८ यूरोपेली राजधानीमध्ये सबैभन्दा पछाडि थियो। त्यसपछि फाइभजी ...

टेस्लाले सुरु गर्यो ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन
टेस्लाले ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन सुरु गरेको छ। कम्पनीले अमेरिकाको क्यालिफोर्नियास्थित फ्रिमन्ट कारखानामा विद्युतीय कार उत्पादनका लागि पहिले प्रयोग गरिएका स्थानमा यी रोबोट बनाउन थालेको हो। टेलिग्राफका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सुरुमा रोबोटको उत्पादन क्रमिक रूपमा बढाइने बताएका छन्। तर, सन् २०२७ को अन्त्यसम्ममा प्रतिहप्ता २० हजार रोबोट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। यद्यपि, यी रोबोटको सुरक्षा, टिकाउपन ...


