Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/स्पेसएक्सले सेल साइटहरूका लागि वार्ता गरिरहेको भन्ने रिपोर्टपछि अमेरिकी टेलिकम कम्पनीहरूमा हलचल

स्पेसएक्सले सेल साइटहरूका लागि वार्ता गरिरहेको भन्ने रिपोर्टपछि अमेरिकी टेलिकम कम्पनीहरूमा हलचल

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्सले सेल साइटहरूका लागि वार्ता गरिरहेको भन्ने रिपोर्टपछि अमेरिकी टेलिकम कम्पनीहरूमा हलचल

स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्पोरेसन (स्पेसएक्स)ले चौथो वायरलेस सेवा प्रदायकका लागि हजारौं सेल साइटहरू खोजिरहेको ब्लुमबर्ग न्युजले गत साता यस विषयमा जानकार स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। इलन मस्कको रकेट तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स ले आफ्नो वायरलेस सेवा सुरु गर्न कम्तीमा ८०,००० सेल साइटहरू प्राप्त गर्नेबारे छलफल गरिरहेको उल्लेख छ। यो रिपोर्ट स्पेसएक्सले आफ्ना दूरसञ्चार योजनाहरू अघि बढाउन ‘लो-ब्यान्ड स्पेक्ट्रम’ प्राप्त गरेको केही हप्तापछि आएको हो। यस कदमले अमेरिकाका स्थापित दूरसञ्चार कम्पनीहरूलाई अन्तरिक्ष (अर्बिटल) स्तरबाटै प्रत्यक्ष चुनौती दिएको छ, जसका कारण एटी एण्ड टी र भेराइजनको सेयर मूल्यमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो एकदिने गिरावट आएको छ। स्पेसएक्सको ‘स्टारलिंक’ ले कम जनघनत्व भएका र ग्रामीण क्षेत्रहरूमा इन्टरनेट सेवामार्फत राजस्व आर्जन गरिरहेको छ, तर प्रमुख दूरसञ्चार सेवा प्रदायकहरूको वास्तविक प्रतिस्पर्धी बन्नका लागि यसलाई वर्षौँको मिहिनेत र जमिनमा आधारित सञ्जालको आवश्यकता पर्ने रोयटर्सले रिपोर्टमा भनेको छ। स्पेसएक्सले अमेरिकाका सबैभन्दा ठूला सेल सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गरोस् भन्ने मस्क चाहन्छन्; तर ती दूरसञ्चार दिग्गजहरूको विशाल वायरलेस सञ्जालसँग बराबरी गर्न वर्षौं लाग्न सक्ने र अर्बौं डलर खर्च हुन सक्ने चेतावनी कार्यकारीहरू र विश्लेषकहरूले दिएका छन्। स्पेसएक्सले सेल टावर सञ्चालक ‘क्राउन क्यासल’ सँग गरिरहेको भनिएको वार्ताले कम्पनीको महत्त्वाकांक्षा कति ठूलो छ भन्ने कुरालाई स्पष्ट रूपमा दर्शाउँछ। कम्पनीले ८०,००० सेल साइटहरू स्थापना गर्ने लक्ष्य राखेको बताइएको छ; यदि यसो भएमा, यसको प्रस्तावित सञ्जाल हाल बजारमा रहेका तीन प्रमुख दूरसञ्चार कम्पनीहरूकै हाराहारीमा पुग्नेछ। ‘गोल्डम्यान स्याक्स’ का विश्लेषकहरूका अनुसार, भेराइजन, एटीएण्डटी र टी-मोबाइल ले अमेरिकाभरि करिब ६०,००० देखि ८०,००० सेल टावरहरूमा ठाउँ भाडामा लिएका छन्। त्यस्तै, ‘एसएनएल कागन’ को तथ्याङ्क अनुसार, अमेरिकाभरि परम्परागत सेल टावरहरूको कुल संख्या करिब १,७५,००० रहेको रिपोर्टहरुमा उल्लेख छ। यसअघि एक डिलमार्फत करिब ८ अर्ब अमेरिकी डलरमा, मस्कको कम्पनीले ८०० मेगाहर्ज दायरामा १४ मेगाहर्जसम्मको ‘पेयर गरिएको’ लो-ब्यान्ड स्पेक्ट्रम अधिग्रहण गर्न सहमति जनाएको छ। The post स्पेसएक्सले सेल साइटहरूका लागि वार्ता गरिरहेको भन्ने रिपोर्टपछि अमेरिकी टेलिकम कम्पनीहरूमा हलचल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एनपीएल ३: विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
प्रविधिJust now

एनपीएल ३: विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

८ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ […] The post ...

आइसिटी फ्रेम
एनपिएल–३ : नेपाली प्रतिभाको संघर्षबीच चम्कदै विदेशी ‘स्टार’
प्रविधिJust now

एनपिएल–३ : नेपाली प्रतिभाको संघर्षबीच चम्कदै विदेशी ‘स्टार’

८ कात्तिक, काठमाडौं। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन । औपचारिकरूपमा भोलि(सोमबार)देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ। यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक […] The post ...

आइसिटी फ्रेम
एनपीएलका लागि मार्क वाट नेपाल आइपुगे, कर्णाली याक्सबाट खेल्ने
प्रविधिJust now

एनपीएलका लागि मार्क वाट नेपाल आइपुगे, कर्णाली याक्सबाट खेल्ने

८ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित स्कटल्यान्डका अलराउन्डर मार्क वाट नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएका वाटको आगमन। उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत […] The post एनपीएलका ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play