Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावमा एलन मस्कको समर्थन, स्पेसएक्सको नाफा ४.४ अर्ब डलर

स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावमा एलन मस्कको समर्थन, स्पेसएक्सको नाफा ४.४ अर्ब डलर

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावमा एलन मस्कको समर्थन, स्पेसएक्सको नाफा ४.४ अर्ब डलर

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले आफूले नेतृत्व गर्दै आएका स्पेसएक्स र टेस्लालाई गाभ्ने सम्भावित प्रस्तावप्रति समर्थन जनाएका छन् । दुवै कम्पनीबीच एकीकरणको सम्भावनाबारे अध्ययन भइरहेका बेला स्पेसएक्सले पछिल्लो त्रैमासिक अवधिमा उल्लेख्य नाफा कमाएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा स्पेसएक्सले ४ अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड डलर घाटा बेहोरेको थियो । यस अवधिमा कम्पनीको आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ । मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित गाभ्ने प्रक्रियाबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्व हुन सक्ने भएकाले आफू उक्त छलफलमा सहभागी हुन नसक्ने उनले बताएका छन् । यद्यपि, कम्पनी गाभ्ने सम्झौता निश्चित भइसकेको छैन । यसका लागि टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उनको भनाइ छ । स्पेसएक्सको नाफा बढ्नुमा कृत्रिम बुद्धिमत्ता (एआई) सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले महत्त्वपूर्ण योगदान पुर्‍याएको कम्पनीले जनाएको छ । कम्पनीको एआई एकाइको आम्दानी नौ गुणाले बढेर ७ अर्ब ६० करोड डलर पुगेको छ । एआई पूर्वाधार विस्तारलाई तीव्रता दिइरहेको स्पेसएक्सले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । मस्कले यस क्षेत्रमा ठूलो लगानी गर्ने योजना अघि सारेका छन् । यसैबीच, स्पेसएक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कको आम्दानी पनि ६९ प्रतिशतले बढेर ५ अर्ब २० करोड डलर पुगेको छ । कम्पनीका अनुसार स्टारलिङ्कका ग्राहकको सङ्ख्या १ करोड ३६ लाख पुगेको छ । अन्तरिक्ष प्रविधिमा पनि स्पेसएक्सले प्रगति गरिरहेको छ । कम्पनीले मङ्गल ग्रहमा भविष्यमा गरिने अभियानका लागि महत्त्वपूर्ण मानिएको स्टारसिप रकेटमार्फत आम्दानी दिने पहिलो उडानसमेत पूरा गरेको जनाएको छ । उक्त उडानबाट नयाँ पुस्ताका २६ वटा स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पुर्‍याइएको थियो । The post स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावमा एलन मस्कको समर्थन, स्पेसएक्सको नाफा ४.४ अर्ब डलर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका
ताजा खबरJust now

कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका

एकान्त कुमारी (लुनिभा बज्राचार्य) को हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। ...

हाम्राकुरा
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
ताजा खबरJust now

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाउनुभएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ...

केन्द्रबिन्दु
भोटेकोसी बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
ताजा खबरJust now

भोटेकोसी बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका-५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन। भोटेकोसी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न ... ...

नेपालखबर
भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो
ताजा खबरJust now

भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर । भक्तपुरका नेवार समुदायले विजयादशमीका दिन परम्परागत रूपमा मनाइने मोहनी नखः पर्व मनाएका छन् । यस अवसरमा उनीहरूले मान्यजनको हातबाट कालो टीका (मोहनी सिःनं), रातो टीका र जमरा ग्रहण गरेका छन् । नेवार समुदायमा मोहनी नखःको विशेष सांस्कृतिक र धार्मिक महत्त्व छ । नवदुर्गा भवानीको पूजा आराधनाका क्रममा महानवमीको दिन घरघरमा दियो बालेर त्यसबाट निस्किएको कालो ध्वाँसो सङ्कलन गरिन्छ । ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play