Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

10/29/2026, 9:31:26 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ । दुर्घटनास्थलको भ्रमणपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाबारे विस्तृत अनुसन्धान गर्ने घोषणा गरेका छन् । उनले सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी भएको पाइए जिम्मेवार पक्षमाथि कारबाही गरिने बताएका छन् । ‘हामी घटनाको वास्तविक कारण पत्ता लगाउनेछौं । लापरबाही भएको वा सुरक्षा प्रणालीमा कमजोरी देखिए त्यसको गम्भीर रूपमा सम्बोधन गरिनेछ,’ सान्चेजले उद्धार तथा समन्वयका लागि स्थापना गरिएको नियन्त्रण केन्द्रबाट भने । प्रधानमन्त्री सान्चेजले अक्टोबर २९ देखि ३१ सम्म तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीको प्रशंसा गरेका छन् । दुर्घटनामा स्पेनको सरकारी रेल सेवा रेन्फेको एभीई र इर्यो कम्पनीको तीव्र गतिको रेल संलग्न थिए । म्याड्रिडबाट सेभिलतर्फ गइरहेका रेलमध्ये इर्योको रेलका पछिल्ला डिब्बा लिकबाट खसेर सडक किनारको भिरालो भागमा पुगेका थिए । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार प्रारम्भिक आकलनमा आटोचा नियन्त्रण केन्द्रमा रहेको एलजेडबी सुरक्षा प्रणालीसँग सम्बन्धित प्राविधिक समस्या हुन सक्ने देखिएको छ । यद्यपि दुर्घटनाको कारणबारे अन्तिम निष्कर्ष निकाल्न विस्तृत अनुसन्धान आवश्यक रहेको अधिकारीहरूले बताएका छन् । यस वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना भएको जनाइएको छ । यसअघि जनवरीमा कोर्डोबामा रेल लिकबाट खसेको घटना भएको थियो । पछिल्लो दुर्घटनापछि तीव्र गतिको रेल सेवाको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको छ । प्रधानमन्त्री सान्चेजले रेल सेवाप्रति नागरिकको विश्वास पुनःस्थापित गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुर्घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले पनि दुःख व्यक्त गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले मृतकका परिवार र आफन्तप्रति समवेदना व्यक्त गर्दै युरोप स्पेनको दुःखमा साथमा रहेको बताएकी छन् । युरोपेली संघकी विदेश नीतिप्रमुख काजा कलासले पनि स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसलाई समवेदना सन्देश पठाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । स्पेनको राजपरिवारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । राजा फेलिपे छैटौंले भ्यालेन्सियास्थित जैमे सैन्य आधार शिविरमा आफ्नो सैन्य तालिमसम्बन्धी कार्यक्रम छोट्याएर तत्काल म्याड्रिड फर्कने घोषणा गरेका छन् । उनले उद्धार कार्यको अवस्था बुझ्न र प्रभावित परिवारलाई आवश्यक संस्थागत सहयोगको समन्वय गर्न आफू फर्कन लागेको बताएका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइँदै गर्दा स्पेन सरकारले रेल सुरक्षासम्बन्धी व्यवस्थाको समीक्षा गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली
OthersJust now

जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play