Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

स्थानीय तहबाटै स्वास्थ्य बीमामा सामूहिक दर्ता र नवीकरण गर्न सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहबाटै स्वास्थ्य बीमामा सामूहिक दर्ता र नवीकरण गर्न सकिने
Photo / Coverage: टक्सार

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता बढाउन डिजिटल सेवा सुरु गरेको छ । बोर्डले प्रदेश तथा स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गर्न र नवीकरण गर्न सकिने डिजिटल सेवा सुरु गरेको हो। बोर्डले आधिकारिक पोर्टलमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर र कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरिएको छ। नयाँ प्रणालीमार्फत प्रदेश तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट नागरिकको सामूहिक दर्ता, नवीकरण, योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापन गर्न सक्नेछन्। यसले दर्ता प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउने बोर्डको अपेक्षा छ। बोर्डका प्रवक्ता डा. पवनकुमार साहले डिजिटल प्रणालीले दर्ता प्रक्रियामा लाग्ने समय घटाउनुका साथै सेवा व्यवस्थित र प्रविधिमैत्री बनाउने बताएका छन्। बोर्डले यस प्रणालीको प्रयोग गरी नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सबै प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाघको आक्रमणबाट एक जनाको मृत्यु
Latest NewsJust now

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो १४:०० बजेको समयमा निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने... ...

रातोपाटी
काठमाडौंमा अल्टिमा लाइफस्टाइलको खुद्रा सञ्जाल विस्तार
Latest NewsJust now

काठमाडौंमा अल्टिमा लाइफस्टाइलको खुद्रा सञ्जाल विस्तार

स्वदेशी अडियो तथा वेयरेबल टेक्नोलोजी ब्रान्ड अल्टिमा लाइफस्टाइलले काठमाडौंको शंखमूलस्थित वेल्ला ग्याजेट्सलाई डायमण्ड टियर आधिकारिक रिसेलरका रूपमा आबद्ध गरेको छ। यस सहकार्यसँगै अल्टिमाले राजधानीमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै अत्याधुनिक अडियो तथा वेयरेबल उत्पादनहरू ग्राहकहरूमाझ अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।  नयाँ साझेदारीको उत्... ...

नेपालखबर
धवलागिरि गाउँसभाबाट थप ६ करोड बजेट विनियोजन
Latest NewsJust now

धवलागिरि गाउँसभाबाट थप ६ करोड बजेट विनियोजन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १८ गते । म्याग्दीको धवलागिरि गाउँपालिकाको विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३–८४ का लागि थप ६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका... ...

गोरखापत्र
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
Latest NewsJust now

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल, कात्तिक १८ गते । उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक सं... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play