Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखिएको छ । जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ । ट्रम्पले परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गरेका छन् । तर, रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गरेका छन् । डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन् भने जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित भएका छन् । दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । प्रतिनिधिसभाका नेता हाकिम जेफ्रीज आगामी जनवरीमा पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावना छ । परिणाम स्वीकार गर्ने बताए पनि ट्रम्पले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गरेका छन् । उनले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिएका छन् । यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने सङ्केत गरेको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्बन बिक्रीको बजार खोज्दै नेपाल
Latest NewsJust now

कार्बन बिक्रीको बजार खोज्दै नेपाल

काठमाडौं।नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तर्राष्ट्रिय बजार सुनिश्चितताको विषय पनि प्रखररुपमा उठाउने भएको छ। आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा हुने सम्मेलनका लागि नेपालले कार्बन क्रेडिटको बजार पहुँच, व्यापार सहजीकरण तथा यसबाट प्राप्त हुने लाभ सुनिश्चित गर्ने विषय समेटेर राष्ट्रिय स्थितिपत्र तयार गरेको हो। नेपालको स्थितिपत्रको ११औं नम्बरको बुँदामा कार्बन बजारको ...

नेपालन्युज
साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत
Latest NewsJust now

साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत

महोत्तरीका महतो कार्यरत कम्पनीले उपदानबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल दिने सहमति गरेको छ। ...

कान्तिपुर
सुशासन कायम गर्न नैतिक नेतृत्व, संस्थागत निष्ठा र जवाफदेही प्रशासन अपरिहार्य : सचिव भुजेल
Latest NewsJust now

सुशासन कायम गर्न नैतिक नेतृत्व, संस्थागत निष्ठा र जवाफदेही प्रशासन अपरिहार्य : सचिव भुजेल

भुजेलले सुशासन कायम गर्न नैतिक नेतृत्व, संस्थागत निष्ठा र जवाफदेही प्रशासनको खाँचो औँल्याएका छन्। ...

हाम्राकुरा
कुकुर तिहारमा रिल बनाउनुस्, १ लाख पुरस्कार पाउनुस्
Latest NewsJust now

कुकुर तिहारमा रिल बनाउनुस्, १ लाख पुरस्कार पाउनुस्

काठमाण्डु – कुकुर तिहारको अवसरमा नेपाल पर्यटन बोर्डले ‘रिल प्रतियोगिता’को घोषणा गरेको छ । मानिस र कुकुरबीचको सम्बन्ध, भक्ति र स्नेहलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बोर्डले यस प्रतियोगिताको आयोजना गरेको हो । ‘सम्बन्धको उत्सव मनाऔं, खुसी बाँडौं र रु १,००,००० जितौं’ भन्ने नाराका साथ सुरु भएको यस प्रतियोगितामा सहभागीहरूले आफ्ना चारखुट्टे साथीहरूसँगको अगाध माया, वफादारी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play