Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपालको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपालको माग

10/28/2026, 6:08:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपालको माग

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बुधवार आयोगलाई ज्ञापनपत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमान्दारी र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेल हुने गरेको भन्दै उनले यसलाई रोक्न स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड दिएका छन् । गैरदलीय निर्वाचनले स्थानीय नेतृत्व चयनमा नागरिकको स्वतन्त्र छनोट र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने उनको भनाइ छ । अध्यक्ष घिसिङले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्नसमेत माग गरेका छन् । त्यसका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक, सुरक्षित मतदान विधि र आवश्यक संस्थागत पूर्वाधार तयार गर्नुपर्ने उनको माग छ । उनले निर्वाचन आयोगलाई दुवै विषयमा आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श र सम्बन्धित निकायसँग समन्वय गरी आगामी स्थानीय तहको निर्वाचनअघि नै कार्यान्वयन हुने समयबद्ध कार्ययोजना सार्वजनिक गर्न आग्रह गरेका छन् । निर्वाचनमा हुने अपारदर्शी खर्च र अनुचित चलखेल नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा जवाफदेहिताको व्यवस्था गर्नसमेत उनले आयोगको ध्यानाकर्षण गराएका छन् । घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गर्दै भने, ‘विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सर्वोच्चता र परिणाममुखी सार्वजनिक सेवालाई लोकतान्त्रिक शासनका आधार मान्ने हाम्रो पार्टी स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि उठाएर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने मान्यता राख्दछ ।’ उनले गैरदलीय निर्वाचन प्रणाली अपनाउनु दलीय प्रणालीको विरोध नभएको स्पष्ट पारे । ‘स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको दलीय प्रणालीको विरोध गर्नु होइन । स्थानीय सरकारको मुख्य जिम्मेवारी जनताप्रति उत्तरदायी हुँदै विकास निर्माण र जनसेवा गर्नु भएकोले यी कार्यलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा यो अवधारणा अघि सारिएको छ,’ उनले भने । उनका अनुसार यही राजनीतिक दृष्टिकोणअनुरूप आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो सरकार चयन गर्न मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उज्यालो नेपाल पार्टीले प्रमुख राजनीतिक मागका रूपमा अघि सारेको छ । ‘स्थानीय नेतृत्व चयनलाई दलीय शक्ति प्रदर्शन, आर्थिक चलखेल र राजनीतिक ध्रुवीकरणको प्रभावबाट मुक्त गर्दै योग्यता, इमान्दारी र कार्यसम्पादनमा आधारित बनाउन तथा देश बाहिर रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक सहभागिताबाट वञ्चित हुन नदिन यी दुवै विषयमा राज्यका सम्बन्धित निकायले तत्काल ठोस पहल गर्न आवश्यक छ,’ उनले भने । घिसिङले विदेशमा रहेका नेपाली नागरिकको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक तयारीमा जुट्नसमेत आयोगको ध्यानाकर्षण गराएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
OthersJust now

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । ...

अनलाइन खबर
धम्पुसमा राजेन्द्र ह*त्या प्रकरणः मदिराको उत्तेजना र प्रतिशोधको परिणाम
OthersJust now

धम्पुसमा राजेन्द्र ह*त्या प्रकरणः मदिराको उत्तेजना र प्रतिशोधको परिणाम

त्यहीबीचमा राजेन्द्र पनि पुगे र उनीहरूबीच उही मदिराकै माहोलमा सामान्य विवाद सुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ...

अनलाइन खबर
क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ
OthersJust now

क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ

पर्यटक भिसामा आई क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ। शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक ...

पर्दाफास
भोलिदेखि भारी वर्षा र हावाहुरीको सम्भावना, हवाई उडानमा सतर्कता अपनाउन निर्देशन
OthersJust now

भोलिदेखि भारी वर्षा र हावाहुरीको सम्भावना, हवाई उडानमा सतर्कता अपनाउन निर्देशन

काठमाण्डु– भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणको हवाई मार्ग सेवा सुरक्षा मापदण्ड विभागले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play