Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते
Photo / Coverage: नेपालन्युज

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए। उनका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ । हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन... ...

रातोपाटी
बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ
Latest NewsJust now

बिदाइ हुँदै प्रदेश प्रमुख खापुङ

विराटनगर समाचारदाता विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशका प्रदेश प्रमुखको पाँचबर्से अवधि यही कात्तिक २४ गते पूरा हुँदै छ । सङ्घमा बारम्बार सरकार परिवर्तन हुँदा प्रदेशका सरकारदेख... ...

गोरखापत्र
अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने
Latest NewsJust now

अमेरिकामा आज मध्यावधि निर्वाचन, हाउसतर्फ ४३५ र सिनेटतर्फ ३५ सीटका लागि कडा प्रतिस्पर्धा हुने

• अमेरिकामा आज मध्यावधि चुनावका लागि मतदान हुँदै छ, जसमा हाउसका ४३५ र सिनेटका ३५ सीटका लागि प्रतिस्पर्धा भइरहेको छ। • राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी दुवै सदनमा बहुमतमा छ, तर कुनै एक सदनमा बहुमत गुमाएमा नीति पारित गर्न कठिनाइ हुनेछ। • हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमतका लागि २१८ सीट आवश्यक छन्, र यसपटक सबै ४३५ सीटमा निर्वाचन हुँदै छ। ...

नेपालबहस
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो
Latest NewsJust now

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइतेको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । दुर्घटनामा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् । प्रहरी निरीक्षक तामाङले घाइते पटेलको पहिचान खुलेको जानकारी दिएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play