काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइतेको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । दुर्घटनामा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल घाइते भएका छन् । प्रहरी निरीक्षक तामाङले घाइते पटेलको पहिचान खुलेको जानकारी दिएका हुन् । मंगलबार बिहान सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर आपसमा ठोक्किएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका पटेललाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ज्यान गुमाउने र घाइते हुनेको पहिचान खुल्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





