काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरोबाट छुट्नुभएको छ । प्रहरीले आज उहाँसँग सोधपुछ गरेपछि छाडेको हो । प्रधानमन्त्री बालेन्द्र शाह र उहाँनिकट व्यक्तिहरूबारे सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीका विषयमा प्रहरीले शिवाकोटीसँग सोधपुछ गरेको बुझिएको छ । सोधपुछका क्रममा प्रहरीले प्रधानमन्त्री शाहबारे आफूले लेखेको स्टाटस हटाउन दबाब दिएको बताइएको छ । तर, शिवाकोटीले उक्त स्टाटस हटाउन अस्वीकार गर्नुभएको थियो । बरु त्यसबापत भोग्नुपर्ने कारबाहीका लागि आफू तयार रहेको उहाँले बताउनुभएको बुझिएको छ । त्यस्तै, प्रहरीले पत्रकार रोशन खड्काको निजी मामिलासँग सम्बन्धित विषयमा लेखिएको स्टाटसबारे पनि उहाँसँग सोधपुछ गरेको थियो । उक्त स्टाटससमेत डिलिट वा सम्पादन नगर्ने अडान शिवाकोटीले लिनुभएको थियो । सोधपुछपछि प्रहरीले ‘विचार गर्नुस्’ भन्दै उहाँलाई छाडेको बुझिएको छ । प्रहरीले पटक–पटक साइबर ब्यूरोमा उपस्थित हुन ताकेता गरेपछि शिवाकोटी आज ब्यूरो पुग्नुभएको थियो । आफूलाई ताकेता गरे पछि आज ब्युराेमा पुगेकाे सिवाकाेटीले बताउनुभयाे । तिहार मनाउन आफू दाेलखा गएकाे भए पनि प्रहरीले ताेकेता गरेकाे कारण आफू हाजिर हुन आएकाे उहाँले जानकारी दिनुभयाे । सरकारले बाेल्ने मानिसहरुकाे मुख थुन्ने प्रयास गरेकाे सिवाकाेटीले बताउनुभयाे । ‘सायद सरकाकाे दवाव हाेला प्रहरीले ताकेता गर्याे’, उहाँले भन्नुभयाे ।
सोधपुछपछि साइबर ब्यूरोबाट छुटे कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी

Read Complete Original Article
Published originally on जनताटाइम्स






