सुरक्षा जोखिमका कारण साउदी अरबको यात्रा नगर्न इटालीको चेतावनी

काठमाडौं । इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ। पछिल्ला केही दिनयता इरानी समर्थित हुथी विद्राेहीले साउदी अरबमा आक्रमण गरिरहेका छन् । बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो । इटाली सरकारले नागरिकलाई ‘साउदी अरबको सबै यात्रा स्थगित गर्न’ र ‘साउदी भूमिमा रहेका विमानस्थल प्रयोग नगर्न’ आग्रह गरेको छ। त्यसको सट्टा छिमेकी मुलुकका विमानस्थल प्रयोग गर्न सुझाव दिइएको छ। मन्त्रालयले साउदी अरबभित्र वा त्यहाँबाट अन्य देशमा अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा हवाई यातायातको विकल्प अपनाउन पनि यात्रुहरूलाई सुझाव दिएको छ। हाल साउदी अरबमा रहेका इटालीका नागरिकलाई अत्यन्तै सतर्कता अपनाउन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न भनिएको छ। विशेषगरी आपत्कालीन अवस्था उत्पन्न हुँदा सुरक्षित स्थानमै आश्रय लिन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सैन्य तथा सुरक्षा निकायका प्रतिष्ठान, ऊर्जा तथा यातायात पूर्वाधार र सैन्य गतिविधिबाट प्रभावित क्षेत्रमा नजान पनि नागरिकलाई सचेत गराएको छ। यमनसँगको सीमा आसपासका क्षेत्रलाई विशेष जोखिमपूर्ण मान्दै साउदी अरबका दक्षिणी प्रान्त जाजान, नजरान र असीरको यात्रा नगर्न मन्त्रालयले पुनः आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, ...

दसैंपछि गुलजार बन्दै काठमाडौंका सडक
दसैंका बेला सुनसानप्रायः देखिएका उपत्यकाका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो। ...

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने भएका हुन्। यसअघि अर्थमन्त्री... ...

द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य
बुटवल।सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ। पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। बुटवल बजारबाट करिव दुई घण्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले ...


