Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुमो दुर्घटना अपडेट : मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुल्यो

सुमो दुर्घटना अपडेट : मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुमो दुर्घटना अपडेट : मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुल्यो

खोटाङ । काठमाडौंबाट खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा परी मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुलेको छ । को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसीमा खस्दा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङकी २१ वर्षीया युपना राईको मृत्यु भएको हो । अन्यको पहिचान खुलेको छैन । गएराति २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब एक सय ५० मिटर तल सुमो खसेको थियो । बेपत्ताको नामठेगानासमेत नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए । दुर्घटनामा चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मासहित चार जना घाइते भएका छन् । उनीहरूमध्ये ओखलढुंगाका विश्वकर्मा, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र दिक्तेलका १३ वर्षीय अंकित विश्वकर्मा छन् । उनीहरूमध्ये आशिष बेहोस छन् भने सम्झनाको अवस्था गम्भीर छ । सम्झनालाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको गाडीका जितराज राईले बताए । अन्यको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जनाए । उक्त गाडीमा १० जना सवार रहेको प्रहरीको भनाइ छ । चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको प्रहरीले जनाएको छ । अन्य विवरण आउन बाँकी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )
ताजा खबरJust now

दशैंसँगै कलंकीमा खसी, बोका र च्याङ्ग्रा व्यापार सुरु ( फाेटाे फिचर )

• बडादशैंको तयारीसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा र कुखुराको व्यापार सुरु भएको छ। • व्यापारीहरूले चाडपर्वको लागि आवश्यक पशुपन्छीको बिक्री सडक किनारमा व्यवस्थित रूपमा गर्दैछन्। • दशैंको समयमा खसीबोका र च्याङ्ग्राको माग बढ्ने भएकाले उपभोक्ताहरूले मूल्य र गुणस्तरको तुलना गर्दै खरिद गर्न थालेका छन्। ...

नेपालबहस
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन
ताजा खबरJust now

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं.२ को अधिवेशन सम्पन्न, सभापतिमा विश्वास बोगटी चयन

• नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ को नियमित क्षेत्रीय अधिवेशन सम्पन्न, विश्वास बोगटी क्षेत्रीय सभापति चयन। • विभिन्न समूह र समावेशी क्लस्टरअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको छ, जसमा पुरुष, महिला, समावेशी र युवा प्रतिनिधिहरू समावेश छन्। • अधिवेशनसँगै विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो। ...

नेपालबहस
माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
ताजा खबरJust now

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play