Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । लगातार तीन सिजन फाइनल पुगे पनि सुदूरपश्चिमले अहिलेसम्म एनपीएलको उपाधि जित्न सकेको छैन । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायकेले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । त्यस्तै, विनोद भण्डारीले १३ बलमा २३ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । ईशान पाण्डे र आरिफ शेखले समान १० रनको योगदान दिए । बलिङतर्फ चितवनका रञ्जित कुमारले २ विकेट लिए । कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मीर र सलाहुद्दिन खानले समान १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको अविजित इनिङ्स खेले । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, सलाहुद्दिन खानले १८ र कमल सिंह ऐरीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट हात पार्दा कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले समान १ विकेट लिए । यस जितसँगै सुदूरपश्चिमले लगातार तेस्रोपटक फाइनल पुग्ने उपलब्धि हासिल गरेको छ । अब शनिबार हुने फाइनलमा लुम्बिनीलाई हराउँदै पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Latest NewsJust now

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य ...

विश्वखबर
दूधको मूल्य बढाउन सरोकारवाला एकमत
Latest NewsJust now

दूधको मूल्य बढाउन सरोकारवाला एकमत

छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले उत्पादन तथा प्रशोधन लागतका आधारमा वैज्ञानिक ढङ्गले मूल्य वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play