Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Photo / Coverage: विश्वखबर

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य नायक बने । १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको ब्याटिङ धर्मराए पनि रत्नायकेले एक छेउ सम्हाल्दै धैर्यपूर्ण ब्याटिङ गरे । उनले ४२ बलमा ७ चौका प्रहार गर्दै अविजित ५३ रनको योगदान दिए भने थरिन्दुले नै विजयी चौका प्रहार गरेका थिए । ब्याटिङअघि बलिङतर्फ पनि उनले २ विकेट लिएका थिए । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले १३ बलमा १ चौका र २ छक्कासहित आक्रामक २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन तथा आरिफ शेख र इसान पाण्डेले समान १०-१० रनको योगदान दिए । खेलको अन्तिम ओभरमा जितका लागि २ बलमा २ रन आवश्यक रहेको अवस्थामा क्रिजमा आएका दीपक बोहराले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई रोमान्चक जित दिलाए । चितवनका लागि बलिङमा रञ्जित कुमारले २ विकेट लिए भने कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले उत्कृष्ट पारी खेल्दै ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रन बनाए । सलाउद्दिन खानले १६ बलमा १८ रन र कमल सिंह ऐरीले १० रन जोडे पनि टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका बलर स्कट कुगलेइनले ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २ विकेट चटकाए । हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र इसान पाण्डेले १-१ विकेट बाँडे । नेपाल प्रिमियर लिग (एनपीएल) का तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायर जितेर फाइनल यात्रा पक्का गरेको हो । अब सुदूरपश्चिमले उपाधिका लागि आउने शनिबार लुम्बिनी लायन्सको सामना गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

काठमाडौं। चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त ...

नेपालन्युज
दूधको मूल्य बढाउन सरोकारवाला एकमत
Latest NewsJust now

दूधको मूल्य बढाउन सरोकारवाला एकमत

छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले उत्पादन तथा प्रशोधन लागतका आधारमा वैज्ञानिक ढङ्गले मूल्य वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play