Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

10/28/2026, 8:54:23 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स ६ विकेटले पराजित, कप्तान दीपेन्द्रको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमुनि खेलिएको खेलमा पोखरा एभेन्जर्सले दिएको १४६ रनको विजयी लक्ष्य सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । उनले विरोधी टोलीका कप्तान कुशल भुर्तेलको बलमा छक्का प्रहार गर्दै खेललाई जितमा परिणत गरे । यस्तै, टोलीका लागि ईशान पाण्डेले ३१ बलमा ३७ रन तथा ब्राण्डन म्याकमुलनले १२ बलमा २२ रनको योगदान दिए । पोखराका बलरहरू धनञ्जय लक्सन, शकिब अल हसन र मेहेदी हसनले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले पोखरालाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रनमा सीमित गरिदिएको थियो । पोखराका लागि अर्जुन घर्तीले २५ बलमा सर्वाधिक ४० रन बनाए भने मेहेदी हसनले २१ बलमा ३२ रन जोडे । अन्य ब्याटरहरूमा कप्तान कुशल भुर्तेलले २१ रन र शकिब अल हसनले १४ रन बनाए । सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिँदै पोखराको इनिङ्स नियन्त्रणमा राखे भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले १–१ विकेट हात पारे । उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सको यो पहिलो जित हो भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालखबर
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
ताजा खबरJust now

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

गोरखापत्र
सडक बन्यो बिस्कुन र फुटपाथ पसल
ताजा खबरJust now

सडक बन्यो बिस्कुन र फुटपाथ पसल

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । सामान्यत सडक दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही मान्ने आमबुझाइ छ तर त्यसविपरीत ग्रामीण भेगका सडकमा सुकाइने अन्नबाली र छाडा चौपाया... ...

गोरखापत्र
आजदेखि चक्रवात ‘अर्नब’को उल्लेखनीय प्रभाव पर्छ : मौसम विभाग
ताजा खबरJust now

आजदेखि चक्रवात ‘अर्नब’को उल्लेखनीय प्रभाव पर्छ : मौसम विभाग

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव आज (बिहीबार) देखि उल्लेखनीय रूपमा पर्ने जनाएको छ।  मौसम महाशाखाका अनुसार अर्नबका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागे पनि वर्षा भएको छैन। सूचना जारी गरी महाशाखाले अगाडि भनेको ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play