सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलका प्रमुख सहभागी ‘नेपाल–भारत १०औँ समन्वय’ बैठकमा अघिल्ला निर्णयको प्रगति पुनरावलोकन गर्दै रणनीति, ‘अपरेशनल’ र कार्यक्षेत्रका तहमा सहकार्य अभिवृद्धि गर्ने सहमति जुटेको हो । बैठकले दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन निरन्तर संयुक्त प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै ‘बाउन्ड्री वर्किङ ग्रुप’ र ‘सर्भे अफिसियल्स कमिटी’को निर्णयअनुसार सीमास्तम्भको निरन्तर मर्मत, सम्भार तथा पुनर्निर्माण गर्न ‘फिल्ड’ मा समन्वय बढाउन दुवैपक्ष सहमत भएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै प्राप्त हुने सोसँग सम्बन्धित सूचनाको आदानप्रदानलाई निरन्तरता दिइने दुबै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् । खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शङ्कास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ । सीमा सुरक्षा चुनौतीसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ । दशगजा क्षेत्रको निगरानीका लागि सिसीटिभी, प्रमुख सीमा नाकामा ‘लगेज स्क्यानर’ र ‘वाक–थ्रु मेटल डिटेक्टर’ राख्ने तथा आ–आफ्नो भू–भागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको प्रवक्ता कार्कीले जानकारी दिए । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘संयुक्त जलउद्धार अभ्यास’ सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको छ । बैठकमा वैधानिक यात्रुको सहजताका लागि सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुदका साथै विभिन्न अन्तरराष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने समेत सहमति भएको छ । राजधानीमा दुई दिनसम्म चलेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिङ्घलले गरेका थिए । सन् २०१२ देखि पालैपालो दुवै देशमा समन्वय बैठक आयोजना हुँदै आएका छन् । आगामी बैठक भारतमा हुनेछ । बैठकमा नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षा स्थिति शान्तिपूर्ण कायम गर्ने कार्यमा सशस्त्र प्रहरी र सशस्त्र सीमा बलका युनिटले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
![[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/edde9925-18c7-4dff-a430-e19bb6500852-30102026052212-watermarked.png)
[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...
बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए । ...

तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रु सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले असोज मसान्तसम्म... ...

सुनकोसी मरिणका दुई इन्जिनियर रिहा
काठमाण्डु– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्। आवश्यक सोधपुछ तथा अनुसन्धानपछि शुक्रबार दुवै जनालाई रिहा गरिएको हो । रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखका रूपमा कार्यरत छन्। बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाण्डु पठाएको थियो। उनीहरूलाई सुनकोसी […] ...

अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?
काठमाडौँ । समाचार लेखेकै आधारमा नेपाल प्रहरीले शुक्रबार केही सञ्चारमाध्यमका सञ्चारकर्मीमाथि एकाएक धरपकड गरेपछि उक्त कार्यको चर्को आलोचना भएको छ । यो धरपकड यस्तो बेला भयो, बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले... ...


