सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजारको ठेक्का, राजस्व असुली र छुटसम्बन्धी निर्णयमा अनियमितता भएको पाइएको छ । आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, दिनेश कुमार सहनी, वीरन्द्रकुमार यादव, श्रीधर केसी, अनन्तकुमार पौड्याल र अन्य सम्बन्धित पदाधिकारीलाई प्रतिवादी बनाएको छ । उनीहरूमाथि ठेक्का तथा राजस्व सङ्कलन प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोप लगाइएको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिवादीहरूबाट कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ। तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित केही प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार थप सजायको मागसमेत गरिएको छ । आयोगका अनुसार पशु हाटबजारको ठेक्का र राजस्व सङ्कलनसम्बन्धी निर्णय गर्दा कानुनी प्रक्रियाविपरीत छुट दिइएको तथा ठेकेदारबाट असुल गर्नुपर्ने रकम असुल नगरी नगरपालिकालाई आर्थिक हानि पुर्याइएको आरोप छ। उक्त प्रकरणमा प्रतिवादीहरूको संलग्नता र बिगो निर्धारणका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ
‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ ...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो। ...

कमल चम्किँदा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो । ...

कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)
लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । ...


