सिन्धुलीमा क्रसरको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१, आपघारीस्थित क्रसर उद्योगका लागि निर्माण गरिएको पानी पोखरीमा डुबेर आमा र उनकी नाबालिका छोरीको मृत्यु भएको छ। दशैँ मनाउन माइतीघर आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी नाबालिका छोरीको बिहीबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो। प्राप्त विवरणअनुसार बिहीबार दिउँसो करिब २ बजे पोखरीनजिकै खेलिरहेकी बालिका अचानक पानीमा खसेकी थिइन्। छोरी पोखरीमा डुबेको जानकारी सँगै रहेकी साथीबाट पाएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ। दशैँ मनाउन माइती आएकी चेली र नातिनीको एकैसाथ मृत्यु भएपछि परिवारसहित आपघारी गाउँ शोकमा डुबेको छ। घटनापछि प्रहरीले क्रसर उद्योगका सञ्चालकहरूमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
काठमाडौँ । दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर... ...

बन्दीपुरबाट गाउँसम्म जीप सफारीको आकर्षण
तनहुँ।चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो। प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। मौसम अनुकूल हुँदै जाँदा यहाँ घुम्न आउने विदेशी ...

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौँ । बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । “एनपिएलको तेस्रो... ...

नौमतीको तालमा सरायको रौनक
अघिपछि सुनसान हुने ग्रामीण क्षेत्रहरू दसैँका अवसरमा हुने सराय नाचले गुञ्जायमान बनेका छन्। एकादशीदेखि पूर्णिमासम्म फरक–फरक ठाउँमा देखाइने नाच भेटघाट र व्यापारको गतिलो माध्यमसमेत बनेको छ। ...


