Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सिटिजन्स म्युचुअल फण्ड–२ द्वारा औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान, रकम फिर्ता सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्स म्युचुअल फण्ड–२ द्वारा औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान, रकम फिर्ता सुरु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स म्युचुअल फण्ड–२’ ले आफ्नो सात वर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ । कम्पनीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना विसं २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएकोमा २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरी परिपक्व भएको थियो । योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीहरूलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको छ । योजनाको खारेजीसम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीहरूलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्यसमेत प्रारम्भ भइसकेको क्यापिटलले जनाएको छ । नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल हुनु व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीको ठहर छ । यसअघि परिपक्व भएको ‘सिटिजन्स म्युचुअल फण्ड–१’ मार्फतसमेत क्यापिटलले औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको थियो । सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्ताहरूलाई राम्रो प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको छ । हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनासहित विभिन्न योजनाहरू व्यवस्थापन गरिरहेको छ । यसैको निरन्तरतास्वरूप कम्पनीले ‘सिटिजन्स सुपर ५०’ नामक नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना सञ्चालनमा ल्याउँदै छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्काशन २०८३ मङ्सिर २ गतेदेखि सुरु हुने तय गरिएको छ । The post सिटिजन्स म्युचुअल फण्ड–२ द्वारा औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान, रकम फिर्ता सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चालनमा नआउँदै जीर्ण बन्यो थारू सांस्कृतिक ग्राम
Latest NewsJust now

सञ्चालनमा नआउँदै जीर्ण बन्यो थारू सांस्कृतिक ग्राम

सन्तोष दहितदाङ, मङ्सिर १ गते । थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको दंगीशरणस्थित थारू सांस्कृतिक ग्राम तथा पार्क सञ्चालनमा नआ... ...

गोरखापत्र
पहिलो चौमासिकमा सरकारको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७.५३ प्रतिशतमै सीमित
Latest NewsJust now

पहिलो चौमासिकमा सरकारको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च भने ७.५३ प्रतिशतमै सीमित

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ । चालुगत शीर्षकमा यस आर्थिक ...

केन्द्रबिन्दु
३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार
Latest NewsJust now

३०० रुपैयाँको चिउरा किन्दा सूर्यविनायका राम श्रेष्ठलाई १० लाखको पुरस्कार

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले १० लाख रुपैयाँको पुरस्कार जितेका छन्। श्रेष्ठले श्री चिउरा तथा राइस मिलबाट ३०० रुपैयाँको चिउरा खरिद गरेका थिए। सोही खरिदबाट उनले १० लाख रुपैयाँको पुरस्कार जितेका हुन्। करदाता प्रोत्साहन उपहारको घोषणा गभर्नर विश्वनाथ पौडेलले गरेका हुन्। राष्ट्रिय कर दिवसका अवसरमा नयाँ विजेता घोषणा गरिएको हो। सोही अवसरमा यसअघि घोषणा गरिएका विजेतालाई समेत सम्मान गरिएको ...

लुम्बिनी सञ्चार
राज्यको दोहोरो चरित्रः एकातिर उत्कृष्ट करदाताको सम्मान,अर्कोतिर अर्बौको सम्पत्ति शुद्धीकरण  मुद्दा
Latest NewsJust now

राज्यको दोहोरो चरित्रः एकातिर उत्कृष्ट करदाताको सम्मान,अर्कोतिर अर्बौको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा उद्योगी राजबहादुर शाहलाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विभागले शाहलाई ‘उत्कृष्ट करदाता’ को सम्मान प्रदान गरेका हुन् । जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक रहेका राजबहादुर गोर्खा ब्रुअरी, हिमालयन डिस्टिलरी, एसियन डिस्टिलरी, विजय डिस्टिलरी ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play