Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साल्ट ट्रेडिङले मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

साल्ट ट्रेडिङले मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
साल्ट ट्रेडिङले मकवानपुरमा सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ । सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए । उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो । बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको उनले बताए । त्यसअनुसार यस अवधिमा ६० बोरा (प्रत्येक बोरामा ५० किलो तौल भएको) चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो/मैदा र ५०० लिटर तेल बिक्री गरिएको कार्यालयले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्यमा बिक्री गर्नेक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
ताजा खबरJust now

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद

रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

रातोपाटी
‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
ताजा खबरJust now

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

रातोपाटी
बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
ताजा खबरJust now

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play