साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री

काठमाडौं – चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको छ । सरकारले तोकेको छुट मूल्यमा नुन, चिनी, तेल र मैदा बिक्री गर्दा दसैँ बिदाको अवधिसम्म उक्त कारोबार भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मधुसुधन अधिकारीका अनुसार गत असोज १ गतेदेखि सुरु गरिएको सुपथ मूल्यमा खाद्यान्न बिक्री कार्यक्रमअन्तर्गत सर्वसाधारणले बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य वस्तु खरिद गरेका छन्। चाडपर्वका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले दिएको निर्देशनअनुसार छुट मूल्यमा खाद्यान्न बिक्री गरिएको उनले बताए । सुपथ मूल्य पसलबाट प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराउने व्यवस्था गरिएको थियो। सबै उपभोक्ताले समान रूपमा छुटको सुविधा पाऊन् भन्ने उद्देश्यले खरिदको सीमा निर्धारण गरिएको अधिकारीले जानकारी दिए । कार्यालयका अनुसार बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको थियो। यस अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल मैदा तथा ५०० लिटर तेल बिक्री भएको छ । चाडपर्व लक्षित सुपथ मूल्यमा खाद्यान्न बिक्री कार्यक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले बताए। साल्ट ट्रेडिङले दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मकवानपुरसहित विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। कम्पनीका अनुसार बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा उपभोक्तालाई छुट मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

राष्ट्रसंघका स्थायी प्रतिनिधि थापा र महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाण्डु – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। भेटमा राजदूत थापाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सिद्धान्तनिष्ठ नेतृत्व, बहुपक्षवादप्रतिको दृढ प्रतिबद्धता, र कोही पनि पछि नपरून् भन्ने संकल्पको प्रशंसा गरेका छन्। नेपालमा हालै गएको बाढी र प्राकृतिक विपद्पछि संयुक्त राष्ट्रसंघीय संयन्त्रले पुर्याएको सहयोगका लागि […] ...

समृद्धिमा राजनीतिक नेतृत्व
प्राविधिक ज्ञान भएका सांसद, कर्मचारी र उद्यमीले उत्पादन, उत्पादकत्व, निर्यात, उद्योग र रोजगारी बढाउन तथा सार्वजनिक लगानीलाई प्रतिफलमुखी बनाउन सक्छन् । उनीहरूले प्रमाणमा आधारित नीति... ...

एनपीएलमा आज : काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदै छन्। आज जनकपुर बोल्टस र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा पहिलो खेल जनकपुर र काठमाडौंबीच दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी एनपीएलमा काठमाडौँले पहिलो खेल खेल्न लागेको हो। जनकपुर भने यसअघि कर्णाली याक्ससँग हारेको टोली हो। यसपछि आजै साँझ ५ बजे ...

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा
चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन... ...


