Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा। पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री। फूलको स्याहारमा व्यस्त महिला। झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमको दृश्य हो यो। बारीभरि फुलेका सयपत्रीले तिहार आगमनको मात्र सङ्केत गर्दैनन्, आफ्नै श्रमबाट आम्दानी गर्ने स्थानीय महिलाको सपना पनि उजागर गर्छ। एकातिर आफ्नै गाउँमा रोजगारीको अवसर, अर्कोतिर सामूहिक प्रयासबाट आत्मनिर्भर बन्ने आशा। यही उद्देश्यसहित स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएका छन्। फूल राम्रोसँग फुलेपछि उनीहरू यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षामा छन्। सयपत्री फूल कृषक आमासमूह गठन गरेर सुरु गरिएको खेतीमा करिब २५ हजार रुपैयाँ लगानी गरिएको छ। समूहकी संयोजक कविता बस्नेतका अनुसार यस वर्ष फूल बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ। ‘फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ’, बस्नेतले भनिन्। तिहार नजिकिँदै गर्दा समूहका सदस्यलाई फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारी गर्ने चटारो छ। एउटा माला १०० देखि १५० रुपैयाँ सम्ममा बिक्री हुने अपेक्षा छ। सामूहिक फूलखेतीले महिलालाई घरायसी जिम्मेवारीसँगै आयआर्जनमा जोडिने अवसर दिएको छ। खेतीको स्याहारदेखि माला तयार पार्नेसम्मका काममा समूहका सदस्य जुटेका छन्। तर फूल उत्पादन गर्नुमात्र पर्याप्त हुँदैन। समयमै बिक्री गर्न नसके फूलको गुणस्तर घट्ने र आम्दानीमा असर पर्ने जोखिम रहन्छ। सम्भावित वर्षाबाट फूल जोगाउन समूहले माला उनेर कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी गरेको संयोजक बस्नेतले बताउँछिन्। स्थानीय उत्पादनले बजारको माग धान्ने अपेक्षा तिहारमा पूजाआजा, घर सजावट र मालाका लागि सयपत्रीको माग बढ्छ। स्थानीयस्तरमै उत्पादन गर्नसके बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम हुने र स्थानीय किसानलाई राहत पुग्न जान्छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले फूलखेतीले स्थानीय महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए। ‘स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहँदैन’, नगरप्रमुख थोप्राले भने, ‘फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।’ उनका अनुसार नगरपालिकाले फूलखेतीलाई प्रोत्साहन गर्न बिरुवा खरिदमा सहयोग गरेको थियो। स्थानीय उत्पादनको बजारीकरण र भण्डारणमा ध्यान दिनसके यसलाई दिगो आयआर्जनको माध्यम बनाउन सकिने उनले बताए। शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरी व्यवस्थित रूपमा अघि बढ्न सुझाव दिएको बताइन्। महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूको प्रयासलाई निरन्तरता दिन सहजीकरण भइरहेको उनको भनाइ छ। ‘महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरेर व्यवस्थित रूपमा खेती गर्न सुझाव दिएका थियौँ’, उपप्रमुख कार्कीले भनिन्, ‘महिलालाई आत्मनिर्भर बनाउन र उनीको प्रयासलाई निरन्तरता दिन आवश्यक सहजीकरण गरिरहेका छौँ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आहा हिमश्रृङ्खला (फोटो फिचर)
ताजा खबरJust now

आहा हिमश्रृङ्खला (फोटो फिचर)

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) कात्तिक १० गते । धनकुटाको पाख्रीबासस्थित राम्चेडाँडाबाट मनमोहक हिमश्रृङ्खला देखिएको छ । पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीय स्थलका रुपमा चिनिने पा... ...

गोरखापत्र
असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए
ताजा खबरJust now

असोजमा अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक आगमन दुई हजार ४१६ ले बढेको हो । आयोजना प्रमुख डा.रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकबाट १२ हजार ६४५ र अन्य देशबाट २० […] ...

लोकपथ
पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !
ताजा खबरJust now

पालिका निर्वाचनको तयारीमा रास्वपा, गाउँपालिकामा मात्रै २० हजारभन्दा बढी आकाङ्क्षीको आवेदन !

विराटनगर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो । परम्परागत राजनीतिक... ...

रातोपाटी
तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
ताजा खबरJust now

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play