Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामाजिक सञ्जालबाट विदेशसम्म सुकुटीको कारोबार

सामाजिक सञ्जालबाट विदेशसम्म सुकुटीको कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालबाट विदेशसम्म सुकुटीको कारोबार

सुनसरी।धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ। गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको संख्या पनि बढ्दै गएको छ। धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थालेको ६ वर्ष भयो। उनले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। आफूले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको उनले बताइन्। विशेष गरी बेलायत, अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उनको भनाइ छ। सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ। “दिनभर गल्लीमा बसेर ग्राहक पर्खनु भन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्”, तामाङले भनिन्। तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिइन्। घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उनको अनुभव छ। अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उनले बताइन्। जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनु पर्ने हुँदा बढी समय लाग्ने उनको भनाइ छ। सुकुटीको व्यापारबाट मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन्। धरान–१५ कै बिनिता गिरीले पनि नौ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो एक हजार ६०० देखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै, सुकुटीको अचार प्रतिकिलो एक हजार ६०० देखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताइन्। गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौंसम्म पुग्ने गरेको छ। हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उनले जानकारी दिइन्। टिकटक, फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको प्रयोग बढेसँगै अनलाइनमार्फत व्यापार गर्न सहज भएको उनको अनुभव छ। घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनु पर्ने बाध्यता रहेको गिरीले बताइन्। यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उनको भनाइ छ। निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताइन्। अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। “सुकुटीको व्यापारबाटै घर व्यवहार चलाउँदै आएकी छु। सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ”, उनले भनिन्। धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्। कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन्। सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठूलो सहयोग पुगेको छ। एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

इंग्ल्यान्डसँगको एक दिवसीय क्रिकेटमा  श्रीलङ्काको कीर्तिमानी जित
ताजा खबरJust now

इंग्ल्यान्डसँगको एक दिवसीय क्रिकेटमा  श्रीलङ्काको कीर्तिमानी जित

काठमाडौँ । श्रीलङ्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा ४३० रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै इंग्ल्यान्डलाई स्तब्ध बनाएको छ । बिहीबार पाकिस्तानको रावलपिन्डीमा भएको खेलमा श्रीलङ्काले ४९।५ ओभरमा ८ विकेट... ...

रातोपाटी
रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि शुक्रवार भारत जाँदै
ताजा खबरJust now

रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि शुक्रवार भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि भारत जाने भएका छन्। पार्टीको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने कात्तिक ६ गते शुक्रवारदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआराधना गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ। तीनदिने ...

टक्सार
एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार
ताजा खबरJust now

एनपीएलको टिकट मूल्य निर्धारण, साधारणको पाँच सय, प्रिमियमको हजार

लिग चरणका खेलका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर तथा फाइनलका लागि भने टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ । ...

कान्तिपुर
१० बजे १० समाचार : सङ्कटमा मात्र ब्युँझिने सरकार, गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित
ताजा खबरJust now

१० बजे १० समाचार : सङ्कटमा मात्र ब्युँझिने सरकार, गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ? नेपाली कांग्रेसले २०३५ सालमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play