सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा पाइने

सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई २४ महिनासम्मको सहज किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराएको हो । कम्पनीका अनुसार ग्राहकहरूले अब न्यूनतम मासिक १,२२१ रुपैयाँको किस्ता तिरेर यो स्मार्टफोन खरिद गर्न सक्नेछन् । लामो समयको किस्ताबन्दी सुविधा भएकाले ग्राहकहरूलाई एकैपटक धेरै रकम खर्च नगरी सहज रूपमा नयाँ प्रविधिको फोन प्रयोग गर्न सहज हुने कम्पनीको विश्वास छ । यस योजनाअन्तर्गत ग्राहकहरूले पुरानो स्मार्टफोन साटेर नयाँ खरिद गर्दा थप ३,००० रुपैयाँसम्मको ‘एक्सचेन्ज बोनस’ समेत प्राप्त गर्न सक्नेछन् । यस सुविधाका कारण फोन किन्दा सुरुमा बुझाउनुपर्ने ‘डाउन पेमेन्ट’ शून्य प्रतिशतसम्म झर्न सक्ने बताइएको छ । चाडपर्वमा आफ्ना लागि फोन अपग्रेड गर्न वा आफन्तजनलाई उपहार दिन चाहनेहरूका लागि यो योजना निकै आकर्षक र किफायती हुने देखिन्छ । मूल्य तथा ईएमआई विवरण : नेपाली बजारमा उपलब्ध ग्यालेक्सी ए–१७ फाइभ जीका विभिन्न भेरिएन्टको मूल्य र २४ महिने किस्ता विवरण यस प्रकार छ : ६ जिबी र्याम : १२८ जिबी स्टोरेज, ४४,९९९ (मासिक किस्ता) १,२२१ रुपैयाँ८ जिबी र्याम : १२८ जिबी स्टोरेज ४८,९९९ (मासिक किस्ता) १,३३० रुपैयाँ८ जिबी र्याम : २५६ जिबी स्टोरेज ५६,९९९ (मासिक किस्ता) १,५४७ रुपैयाँ यो किस्ताबन्दी योजना र यसका सर्तहरूबारे थप जानकारी लिन इच्छुक ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक बिक्री केन्द्र तथा स्टोरहरूमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन ...

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्ताराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन्। बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोर्टस् हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रूस, इन्डोनेसिया, सिङ्गापुर, ...

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटो फरक भए पनि ...

देशभर २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...


