Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार

Share:WhatsAppFacebookX (Twitter)Telegram
साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य बढेको छ । यो साता गत साताको तुलनामा यो साता सेयर बजार करिब ७ अंक बढेर बन्द भएको हो । गत साता २६२१.२९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता ०.२६ प्रतिशत अर्थात ६.८८ अंक बढेर २६२८.१७ विन्दुमा बन्द भएको छ । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमा ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने २ कारोबार दिन सामान्य अंक घटेको थियो । यस साता फ्लोट इण्डेक्स ०.८८ प्रतिशत बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ प्रतिशत बढेको छ ।नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब १६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.१५ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ३४.८२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.३९ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ । गत साता ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १९ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ । गत साता ५४०८.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७४.२८ अंक बढेर ५४८२.७७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो । त्यस्तै, यस साता बैंकिङ्ग र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक १.५७ प्रतिशत घटेको छ । गत साता ४४१३.८८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६९.३५ अंक घटेर ४३३३.५३ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८६.९२ अंक घटेको छ । The post साताको सेयर बजार : उतारचढावका बीच नेप्सेमा सामान्य सुधार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुन्तलाखेतीले फेरियो सुर्केमेलाको मुहार, खेतबारीबाटै लाखौँ आम्दानी
Latest NewsJust now

सुन्तलाखेतीले फेरियो सुर्केमेलाको मुहार, खेतबारीबाटै लाखौँ आम्दानी

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा ...

कृषि ज्ञान
तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान
Latest NewsJust now

तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान

मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ का लागि पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । तीन वर्षअघि हार्दिक पाण्ड्यालाई कप्तानीको जिम्मेवारी दिँदै पदबाट हटाइएका रोहितलाई फ्रेन्चाइजले फेरि नेतृत्वमा फर्काएको हो । खेलाडी रिटेन्सनको अन्तिम समय सीमाअघि मुम्बईले हार्दिकलाई पन्जाब किंग्ससँग अर्शदीप सिंहसँग साटफेर गर्ने निर्णय गरेपछि रोहितलाई कप्तान नियुक्त गरिएको हो । रोहितले सन् २०२३ पछि ...

केन्द्रबिन्दु
यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची
Latest NewsJust now

यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची

काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक कार्यक्रमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो । आर्ट ग्यालरीलाई प्रदर्शनीस्थलका रूपमा सजाएर फरक–फरक व्यक्तित्व झल्काउने गरी तयार पारिएका फ्यासिनो हाइब्रिडका […] ...

लोकपथ
सेवाग्राहीसँग रकम असुल्ने दुईजना ट्राफिक प्रहरी निलम्बनमा
Latest NewsJust now

सेवाग्राहीसँग रकम असुल्ने दुईजना ट्राफिक प्रहरी निलम्बनमा

रुपन्देही समाचारदातारुपन्देही, मङ्सिर १२ गते । बुटवलस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय दुईजना ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ ।सेवाग्राहीसँग आचरण... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement