Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सागको मिति पुनः परिवर्तन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सागको मिति पुनः परिवर्तन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) को मिति पुनः परिवर्तन गरिएको छ । अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ । पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सहभागी सबै राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति निर्धारण गरिएको जनाएको हो । यसअघि १४औँ साग सन् २०२७ अप्रिल ३ देखि ११ (२०८३ चैत २० देखि २८ गते) सम्म आयोजना गर्ने तय भएको थियो । तर, छैटौं एसियाली इन्डोर तथा मार्सल आर्ट्स गेम्सको मिति पुनः निर्धारण भएपछि त्यससँग तालमेल मिलाउन सागको मिति पनि सारिएको पाकिस्तान ओलम्पिक संघले जनाएको छ । दुवै प्रतियोगितामा खेलाडीको सहभागिता सुनिश्चित गर्दै उनीहरूको हित र कल्याणलाई प्राथमिकता दिन नयाँ मिति तय गरिएको विज्ञप्तिमा उल्लेख छ । नयाँ तालिकाले खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित हुन नदिने विश्वास पाकिस्तान ओलम्पिक संघको छ । दक्षिण एसियाली एनओसीहरूबीच भएको सहमतिले क्षेत्रीय ओलम्पिक आन्दोलनमा एकता, सहकार्य र आपसी समझदारीको भावना प्रतिबिम्बित गरेको पनि संघले जनाएको छ । पाकिस्तान ओलम्पिक संघले मिति निर्धारण प्रक्रियामा सहयोग र समर्थन गर्ने दक्षिण एसियाका सबै एनओसीप्रति आभार व्यक्त गर्दै सन् २०२७ सेप्टेम्बरमा खेलाडी, पदाधिकारी तथा प्रतिनिधिमण्डललाई पाकिस्तानमा स्वागत गर्न आफूहरू उत्साहित रहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल
Latest NewsJust now

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक... ...

रातोपाटी
छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार
Latest NewsJust now

छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा । वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । छपकैया नेपाली समाजको आयोजना... ...

रातोपाटी
एस्थेटिक फेशनको ट्रेन्ड
Latest NewsJust now

एस्थेटिक फेशनको ट्रेन्ड

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ एस्थेटिक फेशनको आकर्षण बढ्दै गएको छ । विशेषगरी जेन-जी पुस्तामा आप्नो रुचि, व्यक्तित्व र जीवनशैली झल्किने गरी पहिरन छनोट गर्ने चलन लोकप्रिय बन्दै गएको हो । कसैलाई सादा र कम रङका कपडा मन पर्छन् भने कसैको रोजाइमा स्ट्रिटवेयर, ओल्ड मनी वा पुरानो शैलीका पहिरन पर्ने गरेका छन् । फेशन अहिले शरीर ढाक्ने वा राम्रो देखिने ...

हिमालय टाइम्स
अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित
Latest NewsJust now

अलाभेससँग रियल मड्रिड स्तब्ध, घरेलु मैदानमै २–१ ले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा डिपोर्टिभो अलाभेसले रियल मड्रिडमाथि २–१ गोल अन्तरको जित निकालेको छ । खेलमा पाहुना टोली अलाभेसले सुरुवाती अग्रता लिएको थियो ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement