Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु

साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। हमलामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार बिहान गरिएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो। यद्यपि मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण विज्ञप्तिमा खुलाइएको छैन। साउदीको ऊर्जा मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई निसाना बनाएर प्रहार गरिएको ड्रोन हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेको थियो। तर तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। यद्यपि आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयको भनाइ छ। The post साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

शान्ति वार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, १५ जना घाइते
ताजा खबरJust now

शान्ति वार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, १५ जना घाइते

• रुसले युक्रेनसँग शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको बताए पनि, युक्रेनको राजधानी किएभमा आक्रमण गर्दै १५ जना घाइते भएका छन्। • अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको बताएका छन्, तर वार्तामा स्पष्ट प्रगति भएको छैन। • युक्रेनले रुसको आक्रमण रोक्न हवाई प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ, र युद्ध लम्बिँदै जाँदा सर्वसाधारणको ...

नेपालबहस
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
ताजा खबरJust now

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ। सो सम्मेलनलाई पूर्व राष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले ...

नेपालन्युज
म्याग्दीमा विपद्पछिको पुनर्निर्माण चुनौती, स्रोत जुटाउनै सकस
ताजा खबरJust now

म्याग्दीमा विपद्पछिको पुनर्निर्माण चुनौती, स्रोत जुटाउनै सकस

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि आर्थिक स्रोत जुटाउनु प्रमुख चुनौती बनेको छ । बाढीपहिरोले मानवीय क्षतिसँगै निजी आवास र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई पुनर्निर्माणको काम अघि बढाउन कठिन भएको हो । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र […] ...

काठमाण्डुपाटी
साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु
ताजा खबरJust now

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु

• साउदी अरबको अराम्को तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। • हालका दिनमा यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन्। • अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूको परिवारलाई देश छाड्न आदेश दिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play