साउदीमा भएको ड्रोन हमलाबाट नेपाली मारिएपछि नेपाल सरकारले गर्यो कडा निन्दा

काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा ड्रोन हमलाका कारण नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारले कडा निन्दा गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक पूर्वाधारमा गराइएको विस्फोटबारे कडा निन्दा गरेको हो । ”सार्वजनिक पूर्वाधार लक्षित सबै आक्रमणलाई नेपाल कडा भर्त्सना गर्दछ,” परराष्ट्र मन्त्रालयले भनेको छ । साउदीमा जारी तनाव वार्ता र संवादमार्फत अन्त्य हुनुपर्ने पक्षमा नेपाल रहेको परराष्ट्रले भनेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते छन्। साउदीको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै नष्ट गरेको थियो। त्यसको भग्नावशेष खसेर आयल फिल्डको परिसर नजिक रहेको ठेकेदारको गाडीमा आगो सल्किएको थियो । त्यसपछि कामदारको मृत्यु भएको हो । हुथीले साउदीका सार्वजनिक पूर्वाधार लक्षित हमलालाई तीव्रता दिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आधिकारिक माध्यमबाट मात्र हेर्न प्रशंसकहरूसँग विशेष अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश... ...

अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ...

रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका हुन्। त्यहाँबाट भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवा... ...

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ६ गते । जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करि... ...


