Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/साउदीमा नेपालीको मृत्युप्रति कांग्रेसद्वारा दुःख व्यक्त

साउदीमा नेपालीको मृत्युप्रति कांग्रेसद्वारा दुःख व्यक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीमा नेपालीको मृत्युप्रति कांग्रेसद्वारा दुःख व्यक्त

ललितपुर।नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्। कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य मान्यताविपरीत भएको उल्लेख गर्दै यस्ता घटनाको निन्दा र भर्त्सना गरेको छ। नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको पार्टीको भनाइ छ। कांग्रेस सभापति गगनकुमार थापाले अनाहकमा एक जना नेपालीको समेत ज्यान गुम्नु अत्यन्त दुःखद भएको बताउँदै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी गराए । विज्ञप्तिमार्फत सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा साउदी अरबमा रहेका नेपाली नागरिकको उद्धारको प्रबन्ध मिलाउन समेत सरकारसँग आग्रह गरेका छन्। नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कूटनीतिक तथा सुरक्षासम्बन्धी पहल गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए। यसअघि साउदी अरबको सायबाह तेल क्षेत्रमा ड्रोन अवरोध गर्ने क्रममा खसेको भग्नावशेषले ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी हुँदा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको तथा पाकिस्तानी र भारतीय नागरिक घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। साउदी अधिकारीका अनुसार घटनाले तेल क्षेत्रको सञ्चालनमा भने असर पारेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भोटेकोशी बाढी प्रभावितका लागि हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर सहयोग निश्चित
ताजा खबरJust now

भोटेकोशी बाढी प्रभावितका लागि हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर सहयोग निश्चित

काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी) ले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कोषको बोर्ड बैठकले नेपाल सरकारको अनुरोधमा उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गत भदौ १० ...

टक्सार

लुम्बिनी सञ्चार
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
ताजा खबरJust now

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीनको तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। 'चाइना अर्थक्वेक नेटवर्क सेन्टर' (सीईएनसी) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पबाट तत्काल कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको खबर प्राप्त भएको छैन। ...

नेपालखबर
फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ
ताजा खबरJust now

फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

काठमाडौँ । बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एकजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play