साउदीमा नेपालीको मृत्युप्रति एमालेको दुःख, गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं, कात्तिक ६। साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषले लागेर एक नेपाली नागरिकको मृत्यु भएपछि नेकपा एमालेले दुःख व्यक्त गरेको छ। एमालेले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको वक्तव्यमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै एमालेले यस्ता अमानवीय घटनाको निन्दा र भर्त्सना गरेको छ। आफूहरू सदैव विश्व शान्तिको पक्षमा रहेको पनि पार्टीले जनाएको छ। नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै एमालेले यस विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। ‘नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक छ, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्नका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ‘, वक्तव्यमा भनिएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बंलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ‘एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिकरूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ’, पोखराले भनेको छ । सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । ...

बडादसैँको तेस्रो दिन, आज पनि टीका र जमरा लगाइँदै
विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ । नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त ...

बत्तीमुनिको अँध्यारो दोलखाको गौरीशंकर : पालिका केन्द्र सुरीमै इन्टरनेटको चरम समस्या, टेलिकमको डाटासमेत चल्दैन
दोलखा, कात्तिक ६ । देश डिजिटल प्रविधिको युगमा प्रवेश गरिसकेको छ । गाउँगाउँमा इन्टरनेटको पहुँच विस्तार गर्ने, डिजिटल सेवा प्रवाह गर्ने र प्रविधिमार्फत नागरिकको जीवन सहज बनाउने बहस चलिरहेको छ । सरकारले सबै पालिकामा इन्टरनेटको सुविधा बिस्तार गरिसकेको घोषणा पटकपटक गरिरहेकै छ । तर दोलखाको उत्तरी क्षेत्रमा अवस्थित नेपालकै चर्चितमध्येको एक गौरीशंकर गाऊँपालिकाको केन्द्र रहेको वडा नम्बर ५ सुरीका स्थानीयवासी ...


