साउदी अरबले सिङ्गापुरमा कच्चा तेल भण्डारण गर्ने

काठमाडौं– साउदी अरबले आफ्नो कच्चा तेल सिंगापुरमा भण्डारण गर्ने भएको छ । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले सन् २०२७ भित्र सिंगापुरमा कच्चा तेल भण्डारण गर्ने भएको हो । साउदी अरब र सिङ्गापुरका ऊर्जामन्त्रीहरूले अरामकोको आपूर्ति प्रणालीलाई बलियो र सुरक्षित बनाउन सन् २०२७ को दोस्रो अर्धवार्षिकदेखि सिङ्गापुरमा कच्चा तेल भण्डारण गर्न सुरु गर्ने बताएका हुन् । यसलाई फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको युद्धको असर बताइएको छ । विश्वमा तेल आपूर्ति गर्ने महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज र बाब अल-मन्देव स्ट्रेट जलमार्गबाट हुने व्यापारिक समुद्री यातायातमा बाधा पुगेपछि साउदी र सिंगापुरले उक्त सहकार्य गर्न लागेका हुन् । वासिङ्टन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीले सङ्कलन गरेको तथ्याङ्कअनुसार होर्मुज र वरपरका जलमार्गहरूमा व्यापारिक जहाजहरूमाथि भएका आक्रमणका हिसाबले अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा खराब बनेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बिरोलले सोमबार सिङ्गापुरमा आयोजित एक औद्योगिक कार्यक्रममा सन् २०२७ मा ऊर्जा बजार अमेरिका-इजरायल र इरानबीचको युद्धअघिको अवस्थामा फर्कने अवस्था नभएको बताएका छन् ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...


