Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने

Share:WhatsAppFacebookX (Twitter)Telegram
साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने
Photo / Coverage: टेक्नोलोजी खबर

डिजिटल माध्यमबाट हुने स्क्याम अर्थात् ठगी र साइबर स्क्यामको प्रभावकारी रोकथाम तथा अनुसन्धानका लागि गृह मन्त्रालयले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन-२०८३ जारी गरेको छ। मन्त्रालयबाट २०८३ असोज २३ गते स्वीकृत यो दिग्दर्शन अनुसार यो केन्द्र चौबीसै घण्टा सञ्चालन हुनेछ। मन्त्रालयका अनुसार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो दिग्दर्शन तयार पारिएको हो। दिग्दर्शनअनुसार नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, दूरसञ्चार सेवा प्रदायक र कानून कार्यान्वयन निकायको संयुक्त सहभागितामा केन्द्र सञ्चालन हुनेछ। दिग्दर्शनले विद्युतीय माध्यमको दुरुपयोग गरी हुने ठगी नियन्त्रण गर्दै वित्तीय क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउनु तथा आम नागरिकलाई साइबर स्क्याम र ठगीबाट जोगाउने मुख्य उद्देश्य लिएको छ। डिजिटल बैंकिङ, इ-वालेट, अनलाइन भुक्तानी र सामाजिक सञ्जालको विस्तारसँगै साइबर ठगी तीव्र गतिमा बढेको र यसले डिजिटल वित्तीय प्रणालीको विश्वसनीयतामा गम्भीर चुनौती खडा गरेको दिग्दर्शनमा उल्लेख छ। ‘साइबर स्क्याम, ठगीजन्य कसुरको जोखिम न्यूनीकरण र प्रभावकारी अनुसन्धान गर्दै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने’ केन्द्रको दृष्टिकोण रहेको छ। यस्तै एकीकृत संयन्त्र विकास गरी प्रभावकारी प्रतिकार्य, स्क्यामको पूर्व सङ्केत तथा सूचना प्रवाह, रकम प्रवाहको पहिचान, खाता/रकम रोक्का र पीडितलाई रकम फिर्ता गर्न सहजीकरण गरिने बताइएको छ। हटलाइन तथा अनलाइन पोर्टलसहितको चौबीसै घण्टा सञ्चालित ‘एकल सम्पर्क बिन्दु’ स्थापना गर्ने, उजुरी प्राप्त हुनासाथ ठगीको रकम प्रवाह भएका बैंक खाता तथा वालेट पहिचान गरी रोक्का गर्ने, स्क्यामममा प्रयोग भएका मोबाइल नम्बर, सिम, बल्क एसएमएस, फिसिङ डोमेन, आईपी, लिंक तथा हानिकारक एप निष्क्रिय पार्ने केन्द्र स्थापनाका उद्देश्य रहेका छन्। साथै, पीडितले रकम फिर्ता पाउने प्रक्रिया सहज बनाउने र फेरि पीडाको भागीदार हुनुपर्ने जोखिम घटाउने लक्ष्य पनि राखिएको छ। अन्तर्राष्ट्रिय संस्था र अन्य देशसँग समन्वय गरी साइबर स्क्याम अनुसन्धानलाई प्रभावकारी बनाउने तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि राष्ट्रिय एएमएल/सीएफटी प्रणालीलाई सुदृढ बनाउन योगदान पुर्‍याउने उद्देश्य पनि दिग्दर्शनमा समेटिएको छ। The post साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने
TechnologyJust now

क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने

क्यालिफोर्नियाको व्यवसाय तथा उपभोक्ता सेवा निकायका सचिव रोहित चोपडाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमता विस्तार गरिरहेका प्रविधि कम्पनीलाई थप जवाफदेही बनाउनुपर्ने बताएका छन्। राज्यका नियम पालना नगर्ने कम्पनीलाई अदालत पुर्‍याउने सम्भावनाबारे आफ्नो निकायले अध्ययन गरिरहेको पनि उनले बताएका छन्। अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्युरोका पूर्वप्रमुख चोपडाले सोमबार रोयटर्स मोमेन्टम एआई फाइनान्स सम्मेलनमा भने, “राज्यका कानुनमा एआईका लागि कुनै छुट छैन।” ती ...

टेक्नोलोजी खबर
भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै
TechnologyJust now

भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै

भारतीय दूरसञ्चार कम्पनी जियोले मोबाइल रिचार्ज योजनाको म्याद सकिएसँगै सेवा बन्द हुने जानकारी सेवाग्राहीहरुलाई दिएको छ। भारतमा धेरै प्रयोगकर्ताहरूले कम्पनीबाट यस्तो सूचना प्राप्त गरिरहेका छन् कि यदि उनीहरूको मोबाइल रिचार्ज योजनाको म्याद सकियो भने, उनीहरूको सेवा तत्काल बन्द हुन सक्छ। यसको अर्थ, आगमन कलहरू वा टेक्स्ट सन्देशहरू समेत प्राप्त गर्न सक्ने छैनन्। रिलायन्स जियोले आफ्ना प्रयोगकर्ताहरूलाई सेवा बन्द हुन सक्ने चेतावनी ...

टेक्नोलोजी खबर
वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा
TechnologyJust now

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरूलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाई-फाईको नाम र ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा
TechnologyJust now

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा

सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित घटनाबारे गलत तथा भ्रामक सूचना फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गढहिया दुमरीका ३२ वर्षीय आलम बैठा रहेका कार्यालयका सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिए। प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र बेठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रामक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play