इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरूलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाई-फाईको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणहरू हेर्न र इन्टरनेट प्रयोगको विवरण थाहा पाउन सक्नेछन्। त्यसैगरी, ग्राहकहरूले नेटटीभी तथा राउटरसम्बन्धी जानकारी हेर्नुका साथै कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकट समेत पठाउन सकिन्छ। यस एपले ग्राहकहरूलाई सामान्य कामका लागि बारम्बार फोन गर्नुपर्ने झन्झट कम गर्नुका साथै आवश्यक सेवा र जानकारी आफ्नै मोबाइलबाट छिटो र सजिलै प्राप्त गर्न मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ। कम्पनी आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवा मात्र नभई त्यससँग जोडिएका सबै सुविधा पनि सहज रूपमा उपलब्ध गराउन चाहन्छ। वाई-फाई नेपाल एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेट आफैँ व्यवस्थापन गर्न र आवश्यक जानकारी जुनसुकै समयमा सजिलै प्राप्त गर्न सक्नेछन्। ग्राहकको सेवा अनुभवलाई अझ राम्रो बनाउने प्रयासको यो अर्को कदम हो। The post वाई-फाई नेपालले सार्वजनिक गर्यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा appeared first on Technology Khabar.
वाई-फाई नेपालले सार्वजनिक गर्यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






