Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने
Photo / Coverage: टेक्नोलोजी खबर

क्यालिफोर्नियाको व्यवसाय तथा उपभोक्ता सेवा निकायका सचिव रोहित चोपडाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमता विस्तार गरिरहेका प्रविधि कम्पनीलाई थप जवाफदेही बनाउनुपर्ने बताएका छन्। राज्यका नियम पालना नगर्ने कम्पनीलाई अदालत पुर्‍याउने सम्भावनाबारे आफ्नो निकायले अध्ययन गरिरहेको पनि उनले बताएका छन्। अमेरिकी उपभोक्ता वित्तीय संरक्षण ब्युरोका पूर्वप्रमुख चोपडाले सोमबार रोयटर्स मोमेन्टम एआई फाइनान्स सम्मेलनमा भने, “राज्यका कानुनमा एआईका लागि कुनै छुट छैन।” ती कानुनले चिकित्सकदेखि बैंकर्ससम्म सबैलाई नियमन गर्ने राज्यको इजाजतपत्रसम्बन्धी नियम लागू गर्छन्। रोयटर्सका अनुसार कृत्रिम बुद्धिमतासम्बन्धी कम्पनीहरूले उपभोक्ताका तथ्यांक संकलन गरेर तिनको दुरुपयोग गर्न सक्ने सम्भावनाबारे आफू चिन्तित रहेको चोपडाले बताए। संघीय नियामक निकायले हस्तक्षेप गरेर कारबाहीमार्फत समस्या समाधान गर्न चाहने वा त्यसो गर्न सक्नेमा आफूलाई कम विश्वास रहेको पनि उनले बताए। विशेषगरी, फेडरल रिजर्भले एआईसँग सम्बन्धित जोखिमको मूल्यांकन गरिरहेको छ कि छैन भन्नेमा उनले चिन्ता व्यक्त गरे। “वा उनीहरू केवल समर्थक बनेर यी सबै गतिविधिलाई प्रोत्साहन गरिरहेका छन्? किनभने अर्थतन्त्रले यस क्षेत्रमा अत्यधिक लगानी गरेको छ,” चोपडाले भने। यस क्षेत्रमा लगानी घट्ने वा सुधारात्मक परिवर्तन हुने हो भने त्यसले समग्र अर्थतन्त्रको स्थिरतामा असर पार्न सक्ने आफूलाई गम्भीर चिन्ता रहेको उनले बताए। नयाँ प्रविधि, जस्तै एआईबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न प्रविधि कम्पनीहरूले अपनाएको स्वनियमन पर्याप्त छ कि छैन भन्ने कुरा कारबाहीको व्यवस्था नभएसम्म निर्धारण गर्न कठिन हुने उनले बताए। कृत्रिम बुद्धिमता दिनप्रतिदिन व्यापक हुँदै गएपछि यसको प्रयोगलाई नियमन गर्ने नयाँ नियम तथा कानुन बनाउन राज्यका नियामक निकायहरूले आपसी सहकार्यका उपाय खोजिरहेको चोपडाले बताए। “हामी चुपचाप बसेर हेर्न मात्रै सक्दैनौँ,” उनले भने। यस विषयमा राज्यहरूले संघीय नियामक निकायको भर पर्न नसक्ने र कम्पनीहरूलाई आफैँले आफ्ना गतिविधि नियमन गर्न छाड्न पनि नमिल्ने उनले बताए। “हामी अमेरिकी नागरिकसँगको सामाजिक सम्झौता तोडिने अवस्थाबारे कुरा गरिरहेका छौँ,” चोपडाले भने। The post क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने
TechnologyJust now

साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने

डिजिटल माध्यमबाट हुने स्क्याम अर्थात् ठगी र साइबर स्क्यामको प्रभावकारी रोकथाम तथा अनुसन्धानका लागि गृह मन्त्रालयले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन-२०८३ जारी गरेको छ। मन्त्रालयबाट २०८३ असोज २३ गते स्वीकृत यो दिग्दर्शन अनुसार यो केन्द्र चौबीसै घण्टा सञ्चालन हुनेछ। मन्त्रालयका अनुसार सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो दिग्दर्शन ...

टेक्नोलोजी खबर
भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै
TechnologyJust now

भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै

भारतीय दूरसञ्चार कम्पनी जियोले मोबाइल रिचार्ज योजनाको म्याद सकिएसँगै सेवा बन्द हुने जानकारी सेवाग्राहीहरुलाई दिएको छ। भारतमा धेरै प्रयोगकर्ताहरूले कम्पनीबाट यस्तो सूचना प्राप्त गरिरहेका छन् कि यदि उनीहरूको मोबाइल रिचार्ज योजनाको म्याद सकियो भने, उनीहरूको सेवा तत्काल बन्द हुन सक्छ। यसको अर्थ, आगमन कलहरू वा टेक्स्ट सन्देशहरू समेत प्राप्त गर्न सक्ने छैनन्। रिलायन्स जियोले आफ्ना प्रयोगकर्ताहरूलाई सेवा बन्द हुन सक्ने चेतावनी ...

टेक्नोलोजी खबर
वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा
TechnologyJust now

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरूलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाई-फाईको नाम र ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा
TechnologyJust now

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा

सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित घटनाबारे गलत तथा भ्रामक सूचना फैलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरूमा कविलासी नगरपालिका–७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–८, गढहिया दुमरीका ३२ वर्षीय आलम बैठा रहेका कार्यालयका सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिए। प्रहरीका अनुसार पासवानले आफ्नो व्यक्तिगत फेसबुक खातामार्फत र बेठाले आफूले सञ्चालन गरेको फेसबुक पेजमार्फत भ्रामक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play