काठमाडौं। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा नीरोज़न डिकवेलाले नटआउट रहँदै ३७ बलमा ५९ रनको योगदान दिए। त्यस्तै, रोहित पौडेलले २१ रन र दिलीप नाथले अविजित १० रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन र इशान पाण्डेले २७ रन बनाएका थिए। लुम्बिनीको बलिङमा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २-२ विकेट लिए। त्यसैगरी, अभिषेक गौतम र किशोर महतोले १-१ विकेट हात पारे। प्रतियोगिताको अघिल्लो संस्करणको विजेतासमेत रहेको लुम्बिनीले यस जितसँगै उपाधि रक्षा गर्ने अभियानलाई कायमै राखेको छ।
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा प्रवेश

Read Complete Original Article
Published originally on नेपालन्युज






