साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने, ‘प्रेस स्वतन्त्रता जिन्दावाद !’

काठमाडौं। साइबर ब्युरोबाट रिहा भएपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै सञ्चार जगतमा एकता प्रदर्शन भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रेष्ठले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने सर्वोच्च अदालतको मान्यता पुनः स्थापित भएको दाबी गरेका छन्। जग्गा हडपेको विषयमा प्रकाशित समाचारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा श्रेष्ठलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो। पन्तसँग केही घण्टा छलफल भएपछि उनलाई शनिबार साँझ रिहा गरिएको हो। रिहाइपछि प्रतिक्रिया दिँदै श्रेष्ठले आफ्नो अघिल्लो गिरफ्तारीका क्रममा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न तथा सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश जारी गरेको उल्लेख गरेका छन्। उनले यसपटक पनि सोही मान्यता स्थापित भएको बताएका छन्। सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझेमा त्यसबारे उजुरी गर्ने उपयुक्त निकाय प्रेस काउन्सिल भएको उल्लेख गर्दै श्रेष्ठले सञ्चारमाध्यमविरुद्धका विषयको निरूपण गर्ने निकाय साइबर ब्युरो नभएको टिप्पणी गरेका छन्। ‘अब हिमेश भाइ कुनै गुनासो भए प्रेस काउन्सिल जानुहुन्छ,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूहरूमाथि व्यक्ति लक्षित टिप्पणी भएको तथ्य पन्तले स्वीकार गरेको दाबीसमेत गरेका छन्। आफू बिहान घरबाट पक्राउ परेर साँझ घर फर्किएको उल्लेख गर्दै उनले आफ्नो पोस्टको अन्त्यमा लेखेका छन्, ‘प्रेस स्वतन्त्रता जिन्दावाद !’
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह
सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
बागलुङ । बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

इरफान पठान पोखराको क्रिकेट एम्बासडर
पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...


