साइतमा लगाए राष्ट्रपति पौडेलले विजया दशमीको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भरेका छन् । शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभसाइत बिहान १०:२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेका हुन् । विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुँदा उक्त कार्यक्रम गरिएको छैन । The post साइतमा लगाए राष्ट्रपति पौडेलले विजया दशमीको टीका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

केएफसीको नयाँ पेय पदार्थ साझेदारमा कोका–कोला, पेप्सीसँगको करिब ४० वर्ष लामो साझेदारी अन्त्य
काठमाडौँ। अमेरिकी फास्टफुड चेन केएफसीले अमेरिकास्थित आफ्ना रेस्टुरेन्टहरूका लागि नयाँ पेय पदार्थ साझेदारका रूपमा कोका–कोलालाई छनोट गरेको छ। यस निर्णयसँगै केएफसी र पेप्सिकोबिचको करिब ४० वर्ष लामो साझेदारी अन्त्य हुने भएको... ...

यातायात सहज भएसँगै लाङटाङमा पर्यटकको चहलपहल बढ्दै
रसुवा । यातायातको सुविधा सहज बन्दै गएपछि रसुवाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङमा पर्यटकको आगमन बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको हो । लाङटाङसम्म पुग्ने वैकल्पिक मार्ग तय भएसँगै पर्यटकको आवागमन सहज भएको छ । यातायातको सुविधा सहज भएपछि पर्यटक आउन थालेको र यसले पर्यटन व्यवसायीमा उत्साह थपेको लाङटाङस्थित माउन्टेन भ्युका ...

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...


